महेश कार्की, बाजुरा
बुढिनन्दा नगरपालिकाकाले आज एक कार्यक्रमका बिच उप प्रमुख कोशेली कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य सस्थामा सुरक्षित सुत्केरी हुने महिला लाई कोशेली सोरुप एक क्रेड अन्डा ,आयोडिन नुन १ केजि ,साबुन नुहाउने र कपडा धुने र जवानो बितरण गरिएको नगर पालिकाका उप प्रमुख राम ब बोहरा बताउनु भएको छ । सुत्केरी भएको बेला पोषणको आवस्यक पर्ने भएका हुदा यो कोशेली कार्यक्रमले राहत हुने बताईएको छ । यो कार्यक्रमले कुपोषण लाई न्यूनीकरण गर्ने र स्वास्थ्य सस्थामा सुरक्षित सुत्केरी गराउने को संख्या बढाउने उदेश्यका साथ यो कार्यक्रम सुरु गरिएको नगर पालिकाले बताएको छ ।











