बाजुरा- जिल्ला त्रिवेणी नगरिालिका ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका ९ जनालाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ । मृतकका बुवा गगन अयडीले २४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दिएका थिए । निज २४ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालतमा पेश गरेको थियो ।
मंगलबार जिल्ला अदालत बाजुराले थुन छेक आदेश मार्फत ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले जानकारी दिए । उनका अनुसार सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।
चेतन हत्या प्रकरणका आराेपी २४ जना मध्ये ९ जना मात्र प्रक्राउ गरेको तर बाँकि १५ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाई ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारि गरेको छ ।
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभाको चुनावका दिन काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानिय सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो ।
सञ्जिवको मृत्यु पछि चेतनको घरमा पुगेर चेतनलाइ कुटपिट गरि हत्या गरेका थिए । चेतन अयडी हत्या प्रकरणका ब्यक्तिहरु लामाे समय विति सक्दा पनि पक्राउ नहुनु अनुसन्धान फितलाे र कमजाेर भएकाे मृतक अयडीका परिवारले आराेप लगाउदै आएका छन् ।











