बाजुरा–जिल्लाको बडीमालिका नगरपालिकाले बाजुरा कारागारमा रहेका कैदीबन्दीलाई खेलकुदका सामग्री सहयोग गर्नृ भएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको समन्वय र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कारागारमा रहेका कैदी बन्दीलाई खेलकुदका सामग्री सहयोग गरिएको जनाएको छ ।
कैदीबन्दीलाई २ वटा भलिबल, २ वटा क्यारेम बोर्ड, २ वटा चेस र ५ वटा लुडो वितरण गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकका बताउनु भयो ।
कैदीबन्दीलाई खेलकुदका सामाग्री वितरण गर्न बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दाकुमारी थापा, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, नगरपालिकाका कार्यकारी अधिकृत रंगमल विक, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, पत्रकार महासंघका सचिव रमित विक पुगेका थिए । जिल्ला कारागार बाजुरामा झण्डै ६० बढी जना कैदी बन्दी रहेका छन् ।











