बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव उद्घाटन नेपाली काङ्ग्रेस सह महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय बर्दी प्रसाद पाण्डेले गर्ने भएको छ।
“जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ भोलि देखि महोत्सव सुरु गरिएको छ। कार्यक्रम प्रमुख अथिति प्रतिनिधि सभा सदस्य बर्दी प्रसाद पाण्डेले दीप प्रज्लन गरेर महोत्सव उद्घाटन गरेका छ। महोत्सवमा कार्यक्रम सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ। प्रमुख अथिति प्रतिनिधि सभा सदस्य बर्दी प्रसाद पाण्डे बिशिस्ट अथिति ताजाकोट गाउँपालिका अध्यक्ष लाल केश जैशी, खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही, अदानजुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, नेपाली काङ्ग्रेस जिल्ला पाटी उपसभापति नारायण पाध्याय, हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायत पालिका उपाध्यक्ष, वडा अध्यक्ष, कलाकार, पत्रकार सहित स्थानीय बाक्लो सहभागिता रहेकोे छन।
महोत्सवमा प्रत्यक स्थानिय वडामा पाइने विभिन्न किसिमका स्थानिय स्तरका चिनारी, विभिन्न कृर्षि उत्पादित वस्तु, पर्यटन तथा धार्मीक स्थल, सभ्यता संस्कृति, भेषभुषा लगायतका स्थानिय स्तरका विभिन्न कला प्रर्दशन समेत गरेका छन। माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव हिमाली गाउँपालिकाको भवानी माध्यमिक बिधालय प्राङ्गणमा गरिएको छ। महोत्सव कार्यक्रम संचालक नहुकुल जोशीले गर्नुभएको छ।