बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका सडक निर्माण योजना तथा मर्मत कार्य गर्नका लागि पालिकाको आफ्नै डोजर खरिद गरिने छ।
पालिकामा हुन सक्ने विपद जोखिम न्यूनीकरण गर्न विपदको समयमा विपद भैरहेको स्थान सम्म पुग्ने बाटो सुचारु गर्न पहिरो तथा अन्य विपदमा परी जनधनको क्षेतीलाई न्यूनीकरण गर्न छिटो छरितो उद्धार गर्नको लागि गाउँपालिका बाट जे.सि.भी. व्याक लोडर (डोजर) को व्यवस्था गरिने भएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
वर्षाको कारण हुने हिमाली गाउँपालिका भित्र जोडिएका मुख्य सडक संगै वडामा पुगेका ग्रामीण सडक बन्द अवस्था लाई छिटोछरितो आवतजावत गर्न सजिलो बनाउन स्थानीय सहज बनाउन गाउँपालिका सडक निर्माण तथा मर्मत कार्य हुने संगै पालिकाका भौतिक आयोजनामा मर्मत गर्नका लागि पालिकाको आफ्नै जे.सि.भी. (डोजर) खरिद गरिने निति तथा कार्यक्रम पारित भए संगै १२ औं गाउँ सभा बजेट व्यवस्था गरिएको अध्यक्ष मल्लले बताए ।
हिमालीमा सडक निर्माण तथा मर्मत गर्नका लागि पालिकाको आफ्नै डोजर खरिद गरिने