बाजुरा- बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण गरिने भएको छ।
धुलाचौर आसपास लगायतका बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर व्यवस्थापनका गर्नुका साथै धुलाचौरमा शौचालय र प्रतीक्षालय सहित डम्पिङ साइट निर्माण गरिने भएको छ। हिमाली गाउँपालिकालाई सिसामुक्त गाउँपालिका बनाउनुको साथै गाउँपालिका अन्तर्गत पर्ने बजार क्षेत्र धुलाचौर र कवाडी डम्पिङ साइट बनाउनु साथै गाउँपालिका केन्द्र धुलाचौर बजारमा सार्वजनिक धारा तथा शौचालय निर्माण गर्ने र बजार क्षेत्रमा फोहोर संकलन गर्न कन्टेनर राख्ने गरि फोहोर व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
गाउँपालिकाको १२ औं गाउँ सभामा निति तथा कार्यक्रम पारित गरी बजेट व्यवस्थापन गरिएको छ। धुलाचौर बजारमा सार्वजनिक सौचालय र प्रतीक्षालय निर्माणका लागि आर्थिक वर्ष २०८०/०८१ मा निर्माणकार्यमा अगाडी बढाइने भएको अध्यक्ष मल्लले बताएका छन।