बाजुरा- हिमाली गाउँपालिकामा लम्पी स्किन’ रोगको सङ्क्रमणबाट हालसम्म ३० पशुचौपाया मृत्यु, ६ सय बढीमा संक्रमण भएका हिमाली गाउँपालिका पशु शाखा प्रमुख गौरी पाण्डेले बताएका छन् ।
गाउँपालिका सातै वटा वडामा ६ सय ५० पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छन। केहि महिना देखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल बाजुरा जिल्लाको सबै हिमाली गाउँपालिकामा फैलिएको छ । हिमाली गाउँपालिका पशु शाखा उपलब्ध गराएको तथ्याङ्कअनुसार पालिकामा १ सय भन्दा बढी पशुचौपायालाई रोगविरुद्धको खोप लगाइएको छ।
“केही महिना देखि लम्पी स्किनबाट पशुचौपाया सङ्क्रमित हुँदै आएका छन्”, पशु शाखा प्रमुख पाण्डेले भन्नुभयो, “यस वर्ष देश भर कडा खालको सङ्क्रमण देखियो ।” स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ । पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ”, उहाँले भन्नुभयो । औषधि र खोप अभाव भएको पाण्डेले बताउनुभयो । हिमालीमा बाच्छाबाच्छी, गाई र गोरु यसबाट सङ्क्रमित भएका छन् । हिमालीमा लम्पी स्किनबाट हालसम्म ३० पशुचौपाया मृत्यु, ६ सय बढीमा संक्रमण भएका छन। पालिकामा औसधिको कमि हुँदा मागसमेत गरिएको पशु शाखा प्रमुख पाण्डेले बताउनुभयो।