गाेबिन्द्र राज पाध्याय,बाजुराः गायक तथा माेडेल राजेन्द्र रावतको लय तथा शब्दमा रहेको देउडा गित डब्बल्या (भिडियोसहित) सार्वजनिक भएको छ । नेपाली देउडा गित संगितको क्षेत्रमा अहोरात्र लागीपरेका गायक रावतको नँया देउडा गित भिडियोसहित बजारमा आएको छ । उक्त देउडा गितमा हिन्दी भाषालाई सहित केन्द्रित राखेर मान्छे नेपाली भएतापनि हिन्दी भाषा बोल्ने सबै भाषाहरुलाई उतिकै माया गर्ने लगाएत बिषयहरु समेटेर उक्त गित सार्वजनिक गरीएको छ । गितमा म मान्छे नेपाली बोलीभाषा हिन्दी बोल्दो,कानौदो टेपहाली देशवई डब्बल्या आयो,गितको टुक्कालाई सुरुवातमा राखेर हरेक भाषाहरुको मायाको परिचय खुलाइएको छ । राजेन्द्र रावतको लय तथा शब्दमा रहेको गितमा जसमा राजेन्द्र रावत र लक्ष्मि आर्चायको श्वर रहेको छ । भने म्युजिक एरेञ्जर बिनोद बाजुरालीको रहेको छ भने खडक बाजुरालीको मिक्सिङ रहेको छ जसमा सागर बाजुराली रेकडिस्ट रहेका छन भने भिम थापाको निर्देशनमा उक्त गितको भिडियोसहित बजारमा ल्याइएको छ ।
मालाश्री रेकडिङ स्टुडियोमा रेकड गरीएको उक्त गितमा गायक राजेन्द्र रावत,रोजी कुनवार,हेमराज अधिकारी खन्टे खलास र बिनोद घिमिरेको अभिनय रहेको छ । गायक रावतका भैसी खर्क,घर झगडा,जोगि छैन कुटी,रानिवन लगायतका चर्चित थुप्रै गितहरु बजारमा आइसकेका छन ।
भिडियाे











