गाेबिन्द्र राज पाध्याय,बाजुराः जिल्लामा विभिन्न कार्यक्रम गरि ५९ औं बाल दिवस मनाइएको छ । जिल्लाका हरेक बिद्यालयमा वकृत्वकला, सास्कृतिक कार्यक्रम, कविता बाचन, लगायतका बालबालिकाका समस्याहरु संग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरि दिवस मनाइएको हो । जिल्ला स्थित सरोकारवाला निकायका व्यक्ति, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, बालबालिका, लगायत अन्य स्थानीयको सहभागीता भब्यताका साथ कार्यक्रम बालदिवस कार्यक्रम मनाइएको छ । यस्तै जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा रहेको ज्ञानोदय मा.वि मा पनि ५९ औँ राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बालबालीकामा लगानीः सुनिश्चित भबिष्यको थालनी भन्ने मुल नाराका साथ ५९ औँ बालदिवस बिद्यालयमा बिभिन्न कार्यक्रम गरी मनाइएको बिद्यालयका प्रधानाध्यापक बिजयराम पाध्यायले बताएका छन । बिद्यालयको चौतफी बिकाशको लागी बालबालिकाको अहम भुमिका रहेको हुन्छ बालबालिकाले पनि अधिकार स्वतह प्राप्त गर्न सकुन आफ्नो अधिकारको लागी बालबालिकाले संद्दर्ष गर्नु पर्ने पनि प्रधानाध्यापक पाध्यायले बताएका छन ।
उहाँले भने बालबालिकाले हक अधिकार पाउनु उनिहरुको कर्तब्य हो,शिक्षा सम्बन्धि ऐनमा उल्लेख गरीएका हक अधिकार प्राप्ति तथा सुनिश्चितमा बालबालिकाको ठुलो भुमिका रहेको पनि उहाँले बताएका छन । कार्यक्रममा बोल्दै बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष उमाकान्त पाध्यायले बालदिबसले बालबालिकाको हक अधिकार प्राप्तिको लागी ठुलो भुमिका खेल्ने हुँदा हरेक बर्ष भाद्र २९ गते देशैभर बाल दिवस मनाउने गरेको बताएका छन । त्उसैको अवसरमा बिद्यालयमा पनि बिभिन्न कार्यक्रम गरी बालदिवस मनाइएको बताएका छन । बालदिवको अबसरमा बिद्यालयले बक्तृत्वकला,हाजिरीजवाफ,बिभिन्न जनचेतनामुलक सडक नाटक, नृत्य गरेर ५९ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । कार्यक्रममा बिजेताहरुलाई पुरस्कारको समेत ब्यबस्था गरीएको बताइएको छ ।
बिद्यालया बालबालिका संग सम्बन्धित बालबालिकाकाको क्षेमता विकासमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बिद्यालय श्रोतले बताएको छ । बाल अधिकारको सुनिस्चितता गर्नुपर्ने, बालहिंसा अन्त्य गरौँ, बिहे वारि २० वर्ष पारी, बालबालिकामा लगानी गर लगायतका सरकारलाई दबाब दिने खालका प्लेकार्ड बोकेका प्लेकार्ड सहि नारा जुलुस गर्दै औपचारिक कार्यक्रम गरीएको छ । सरकारलाई दबाब सिर्जना गर्ने गरि शान्तिपुर्ण र्याली लगायतका कार्यक्रम गरि दिवस मनाइएको छ । जिल्लाका अन्य ठाँउमा विभिन्न ठाउँमा पनि औपचारिक कार्यक्रमका बिच भब्यताका साथ दिवस मनाइएको छ । दिवसको अवसरमा बिद्यालय परिसर सरसफाई समेत गरीएको छ । करिब तिन चार सय जना बिद्यार्थी तथा अभिभावको उपस्थितमा उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न गरीएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष उमाकान्त पाध्यायले बताएका छन । बिद्यालयका प्रधानाध्यापक बिजयराम पाध्यायको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बद्यिालय ब्यबस्थापन समिति अध्यक्ष उमाकान्त पाध्याय रहनु भएको थियो भने कार्यक्रममा बिशिष्ट अतिथि वडा सदस्य झिरु बि.क रहनुभएको थियो भने कार्यक्रमको संञ्चालन बिद्यालयका शिक्षक महादेब पाध्यायले गर्नुभएको थियो ।