युनिकोड    राशिफल    एफएम रेडियाे                        
319 पटक पढिएको

बाजुराः  बाजुरामा आएका नयाँ प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल सँगको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारी बीच भएको परिच्यात्मक कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाजुरामा सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा परिच्यात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

 

कार्यक्रममा उपस्थितले, अवरुद्ध सडक खण्ड तत्काल खुलाउन पहल, खाद्यान्न अभावको समस्या सामाधान, किसानहरुको स्याउ ढुवानीका लागि पहल,जिल्लामा बढ्दै गएका चोरी लगायतका अपराधका घटनाहरु नियन्त्रण गरि शान्ति सु(व्यवस्था कामम गर्नुपर्ने, सवारी दुर्घटना लगायतका घटनाहरु कम गर्न जिल्ला प्रशासन कार्यालयकै तर्फबाट पहल गर्नुपर्ने, लगायका समस्याहरु समाधानका लागि तत्काल पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका थिए । यता प्रमुख जिल्ला अधिकारी भिमकान्ता पौडेलले जिल्लाका सबै सरकारी तथा गैरसरकारी निकाय संग स्थानीय पालिकासंग समन्वय सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । जिल्लामा शान्ति सुरक्षा कायम गरि शान्ति सुव्यवस्था कायम गर्ने कुरामा काहीं कतै कमजोरी नराख्ने उनले बताएका छन् । छलफलका क्रममा आएका सुझावलाई ग्रहण गरेर सोही अनुसारको काम अगाडि बढाउने प्रजिअ पौडेलको भनाई थियो । जिल्ला प्रशासन कर्यालयको तर्फबाट र अन्य सरकारी कार्यालयहरुको तर्फबाट प्रदान गरिने सेवाहरु चुस्त दुरुस्त बनाउदै लजाने पनि उनले बताएका छन् ।

यो बिषयमा सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको परिचयात्मक कार्यक्रममा बाजुरामा यतिबेला महङ्गो चामल मात्रै आएको यसले सर्वसाधारण मारमा परेको बिषयमा छलफल भएको छ । जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मीहरु संग भएको परिचयात्मक कार्यक्रममा प्रजिअलाई जिल्लामा रहेको जरजर खाद्यान्न समस्याका लागि पहल गर्न अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले पनि जतिसक्दो चाडो समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!