युनिकोड    राशिफल    एफएम रेडियाे                        
347 पटक पढिएको

बाजुरा–जिल्लाको बुढिगंगा नगरपालिका ३ ताप्रा बस्ने २२ बर्षिय पुरन रौले आर्थिक अभाबमा अस्पतालकाे शैयामा छटपटाइरहेका छन  शरिरका जोर्नीको क्यान्सर भएका पुरन अहिले शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु सँग जुधिरहेका छन् । ८ बर्ष देखी बिरामी रहेका उनि सेति प्रादेशिक अस्पताल बाट रिफर भएर काठमाडौ पुगेका थिए । पैसा नभएर घरमा रोग पाल्दै आएका उनि शिकिस्त भएपछि आफन्तले धनगढी पुगाएका थिए । धनगढीमा केही महिना उपचारपछि यहाँ सञ्चो नहुने भन्दै रिफर गरेको थियो । धनगढीमा चन्दा संकलन गरेर उपचार गरेका थिए ।

भाडा समेत नभएका पुरनलाइ गाउँले चक्र बहादुर शाहले हवाइजहाजको टिकट काटिदिएपछि शिक्षण अस्पतालमा सहयोगिको साथमा पुगेका थिए । एक बोतल पानि खाने पैसा नभएका उनलाइ अहिले उपचार गर्न निकै समस्या भएको छ । अस्पतालका चिकित्सकले किमो थेरापी मार्फत उपचार गर्ने बताएपछि एक ट्याबलेट औषधि किन्न पैसा नहुदा समस्या रहेको आफन्त पदम बहादुर थापा बताएका छन् ।

पुरनका परिवारको आर्थिक अबस्था निकै कमजोर रहेको छ । दैनिक छाक टार्न धौ धौ रहेका उनको परिवारलाइ उनको उपचार गर्नमा निकै सकस भएको छ । बिरामी भएपछि देखी पोषिलो खानेकुरा खान नसकेका पुरनको स्वास्थ्य अबस्था निकै कमजोर हुदै आएको छ । औषधि किन्न त पैसा छैन्, पोषिलो खानेकुरा खानु त धेरै टाढाको बिषय रहेको पुरनले रुदै वताएका छन् ।

बिरामी भएको लामो समय भइसकेको छ, पैसा नभएर उपचार गर्न सकेको थिएन् । अहिले जेनतेन गरेर काठमाडौ पुगेको छु, अस्पतालमा भर्ना भएपनि आफु सँग १ हजार सम्म पनि रकम नहुदा पानि पनि अरुलाइ मागेर खाने गरेको पुरनले वताएका छन् । अस्पतालले किमो थेरापीले आराम हुन सक्ने वताएका छन् । उपचारका लागि काठमाडौमा १ बर्ष सम्म बस्नुपर्ने रहेको छ । पुरनले बाच्नका लागि हारगुहार गरिरहेका छन्, उनले उपचार सहयोगका लागि सबैलाइ अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!