बाजुरा- शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंहले घरधनी विजयराज पण्डितलाई घर भाडा मागेको निहुँमा उल्टै हैसियत नभएकाले ठुला कुरा नगर्नु भन्दै थर्काएका छन् ।
तत्कालिन जिल्ला शिक्षा कार्यालयपछि संघियताका कारण शिक्षा विकास तथा समन्वय इकाई भएपछि कम्तिमा दश वर्ष भाडामा बस्ने सम्झौता भएको भएपनि बीचमै छोडेर गएपछि घर भाडा माग्दा पण्डितलाई भाडा माझ्ने र मेरो हैसियत एकै नभएका भनेर थर्काएको पण्डितले बताएका छन् ।
घर भाडामा लिदाँ भएको सम्झौताका कुरा गर्दा सम्झौतामा के थियो थाहा भएन भनेर कुरा आलटाल गरेका छन् । घरको छतमा राखिएका सोलार पाता समेत नलिने सम्झौता भएपनि सोलार समेत लिएर गएपछि मर्मत गर्नुपर्ने भन्दा उल्टै घुमाउरो भाषामा गाली गरेको तथ्य बाहिरिएको छ ।
समयमैमा घर छोड्नुपर्ने भन्दा अनपढले म जस्ता शिक्षितसंग कुरा गर्ने हैसियत नभएकाले ठुला कुरा गर्न नहुने तथ्य बाहिरिएको हो । घरभाडा नदिएको चित्त नबुझेमा अदालत जानु भन्दै उल्टै धम्क्याएका छन् । सम्झौता अनुसार भाडा दिने भन्दै भाडा माझ्नेको धरातल थाहा भएकाले म संग ठुला कुरा नगर्नु पण्डितलाई धम्क्याएका हुन् । पण्डितलाई शिक्षा समन्वय इकाई प्रमुखले भाडा माझेर घर लगाएको हो । “तपाइको जसरी भाडा माझेर पैसा कमाएको हैन मैले” सिंहले पण्डितलाई भनेका छन् ।
यता शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंहसंग पण्डितसंग भएको विवादको विषयमा कुरा बुझ्न खोज्दा फोन उठाएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाई बाजुराको नाममा रहेको ९८५८४२०५०२ फोन गर्दा प्रमुख सिंहले नउठाएका हुन् ।
अडियाे सुन्न तलकाे लिँकमा क्लिक गर्नु हाेस ।