बाजुराःबाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ छातिकोटका आठ बर्षिय सौरभ मल्ल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मा द्धितिय भएका छन् । हालै काठमाडौँको दशर्थ रंगशालामा सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा बाजुराका मल्लले द्धितिय स्थान हाँसिल गरेका हुन् ।
नेपाल, भारत र बङगलादेशका खेलाडी सम्मीलित प्रतियोगितामा मल्ल दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन । चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सौरभ २५ केजी अण्डर वएटमा दोस्रो भएका हुन् ।प्रतियोगितामा दोस्रो भएका मल्लले रजत पदक हात पारेको आफन्त बुवा कमल मल्लले जानकारी दिएका छन । बाजुरा जस्तो दुर्गम तथा पिछडीएको क्षेत्रबाट जन्मीएर सानै उमेरमा खेलकुद क्षेत्रमा प्रवेश गरेका मल्लले तेक्वान्दो प्रतियोगितामा सफल भएका छन् ।उनले थप बाजुराको पहिचान समेत बढाएका छन ।











