युनिकोड    राशिफल    एफएम रेडियाे                        
282 पटक पढिएको

असोज १४ मिन बहादुर खड्का बाजुराः  बडीमालिका नगरपालिका वडा न. ९ का वडा अध्यक्ष सुर्यकिरण विकले आपुहरु बढी बोल्ने भन्दा पनि काम गर्ने योजानमा रहेका बताएका छन् । जनता सामु गरेका प्रतिबद्धता अनसार नै वडा सरकारले दाबी गर्दै अध्यक्ष विकले रेडियो पौरखीको पालिका संग पौरखी संबाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले भने “जनताले महसुस गर्ने गरी जनप्रतिनिधिले जनताको पक्षमा काम गरिहेको छन् भन्ने अनुभुति हुने गरी पाँच वर्षको कार्यकाल बिताउने छौँ, ठुला कुरा गरेर काम केही नगर्ने भन्दा पनि थोरै बोलेर धेरै काम गर्ने योजनामा छौँ, अहिले यो गछौँ भनेर भन्यौँ तर भोलि गर्न सकेनौँ भने त्यसका औचित्य हुँदैन” कुरा बोल्नुभन्दा पहिला काम गरेर देखाउनुपर्छ अध्यक्ष विकले तर्क गरेका छन् । वडाको विकासका लाथि ग नगर सरकार, प्रदेश सरकार र संघ सरकार संग पहल गरेर काम गर्ने पनि अध्यक्ष विवको भनाई छ।

जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकिएन त्यान जनप्रतिधी सफल जनप्रतिनिध हुन नसक्म्ने बताउदै उनले जनताको जनअपेक्षा अनुसार आफ्नो पाँच वर्षिय कार्यकाल बिताउने प्रतिबद्धता जनाएका छन् । जनप्रतिनिधि जुनसुकै पार्टीबाट निर्वाचित भएपनि निर्वाचित भएइसकेपछि पार्टीको घेराबन्दिबाट माथि उठुनपर्नेमा जोड दिदै उनले आफुले निर्वाचित भइसकेपछि कुनै किसिमको बिभेद नगरेको दाबी गरेका छन् । जनताको मुखार बिन्दुबाट यी जनगुनासा आफ्नो कार्यकालको अवधिभर सुन्न नपर्ने पनि अध्यक्ष विकको भनाई छ। आफ्नो पाँच वर्षको कार्यकाललाई उपलव्धिमुलक कार्यकाल बनाउने बताउदै केही फरक गर्ने योजनामा रहेको बताए ।

जनताका जनजिविका सवालमा केन्द्रित रहेर ति समस्याहरु कसरी समाधान गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित रहेर काम गरिहेको उनले बताएका छन् । जनताका आवश्यता अनुसार नै बजेट विनियोजन गरेर वडाले काम गरिहेको उनले बताए । अध्यक्ष विकले चालु तर्फ २ लाख र पुजिगत तर्फ १९ लाख बजेट आएको र सो बजेटलाई वडा भित्रका बिभिन्न राजनिति दल, समाजेसवी बुद्धिजिवी, महिला बालबालिका सबैको राय सल्लाहका आधारमा वडा वासिको आवश्यता अनुसार बजेट विनियोजन गरेको उनको भनाई । अध्यक्ष विकले शिक्षा क्षेत्रमा वडाको कुल बजेटको १ लाख बजेृट बिनियोजन गरेको बताएका छन् । यो बजेटले ५० हजार वडा अध्यक्ष छात्रबृृति कार्यक्रममा खर्च गरेको र दवारीका आधारभुत बिद्यलालयमा घेरबार निर्माण गरेको बताए । शिक्षा क्षत्रको सुधारका लाथि सरोकारवाला निकाय संग समन्वय गरेर शैक्षिक गुणस्तर सुधारका लागि काम गरिहेको उनको भनाई छ ।

स्वास्थ्य क्षेत्रमा वडा सरकारले गरेका कामहरुका बारेमा जानकारी दिदै उनले स्वास्थ्य क्षेत्रमा गत आर्थिक वर्षमा ६० हजार बजेट बिनियोजन गरेर सहरी स्वास्थ्य केन्द्रको स्तरउन्ति गरेको, महिला स्वास्थ्य चार जना स्वंमसेवीकालाई जनही ५ हजार सहयोग गरेको बताएका छन् । यस्तै ८ वटा टोललाई स्टेचर वितरण संगै स्वास्थ्य सामाग्री वितरण गरेको पनि उनको भनाई छ।वडा भित्रका सवै बस्तिमा खानेपनीको व्यवस्था गर्नका लागि पहल गरिरहेको उनको भनाई छ । यस्तै सामाजिक समस्याका बिषयमा बोल्दै यि समस्याहरुको न्यूसनकरण लागि पनि सचेतामुलक कार्यक्रमका लागि बजेट विनियोज गरेका उनले बताएका छन् । जातिय बिभेदका विषयमा बोल्दै अध्यक्ष विकले जातिय बिभेदका घटनाहरु आगामी दिनमा भएमा आफै कानुनी प्रक्रियाका लागि पहल गर्ने बताए । आफु निर्वाचित भइसकेपछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई वडाबाट पनि बजेट थप गरेर व्यवस्थित ढङ्गले सञ्चालन गरेका गरेको बताउदै सडक, सञ्चार, बिद्युत खानेपानी नपुगेका ठाँउमा यसको पहुँच पुर्याउने बतार्एका छन् ।

युवाहरुलाई स्वरोजगार बनाउन सिलाई कटाइ, हेयर कटिङ हामेस्टे, लगायतका सिपमुलक तालिमहरु दिएको पनि उनले बताए। वडा भित्र रहेका पर्यटकिय क्षत्रका विकासका लागि पनि आफु लागिपरेको अध्यक्ष विकले बताएका छन् । अघिल्लो स्थानीय सरकारलेअघि सारेको वडा न. ८, २ र ९ त्रिकोणत्मक पुल निर्माण कार्यलाई अगाडी बढाउने अन्य पिक्निक स्पोर्टस, लगायतका पर्यटकिय क्षत्रको पर्यटन प्रर्बद्धन गर्ने योजना रहेको पनि उनको भनाई छ । कृर्षि क्षेत्रको विकासका लागि रेका कामहरुका बारेमा चर्चा गर्दै अध्यक्ष विकले नगरपालिका कृर्षि ज्ञान केन्द्रको सहयोय समन्वय र सहकार्यमा आलुको बिउ वितरण, फलफुलको बिउ वितरण गरेका बताउदै आवश्यकताका आधारमा सिँचाइको सुविधाका लागि पनि पहल भइरहेको बताएका छन् । बडीमालिका ९ को उखाडीमा २ लाख लागतमा सिँचाई निर्माण गरेको बताउदै उनले आफुनो कार्यकाल भित्र वडा भित्रका सवै बस्तिमा सिँचाइको सुविधाका लागि पहल गर्ने उनको भनाई रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!