युनिकोड    राशिफल    एफएम रेडियाे                        
478 पटक पढिएको

मिन बहादुर खड्का, बाजुराः  जिल्लामा  भुकम्पका कारण ९ घर परिवार विस्थापित भएका छन् । यस्तै दर्जनौं बढी घरहरू जोखिममा रहेका छन् । मंगलवार दिउँसो गएको भुकम्पका कारण बाजुरामा भौतिक रुपमा ठुलो धनजनको क्षेती भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार भुकम्पका कारण बढी क्षती खप्तड छेडेदह गाउँपालिकामा गरेको छ भने बुढीगंगा नगरपालिका र बडीमालिकामा पनि क्षेती गरेको छ । हालसम्म खप्तड छेडेदह गाउँपालिकाका ६ घर र बुढीगंगा नगरपालिकाका ३ घरहरुमा पुर्ण रुपमा क्षेती गरेको र खप्तड छेडेदहका ५ र बुढीगंगाका ३ र बडीमालिकाका २ घरमा आंशिक क्षेती भएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । यस्तै हिजो दुईजना घाइते भएका थिए । आंशिक रुपमा बाजुराका अधिकांश प्रत्येक गाउँका दर्जनौं घरहरूमा क्षेती पुर्याएको छ । प्रभावित क्षेत्रमा प्रहरीको टोली खटाइएकोले क्षेतीको विवरण आउने क्रम जारी रहेको पनि प्रहरीको भनाई छ । क्षेतीको विवरण संकलन भएपनि हालसम्म भुकम्प पीडित परिवारले राहत भने पाएका छैनन् । कतिपय प्रभावित क्षेत्रमा न त प्रहरीको टोली पुगेको छ नत जनप्रतिनिधि नै पुगेका छन् । हिजो देखि खुला आकाशमुनि प्रभावित परिवारहरु जागाराम बस्न बाध्य छन् ।

जोखिममा रहेको १६ घर परिवारलाई वडा कार्यालय द्वारा त्रीपाल वितरण

खप्तड छेडेदह गाउँपालिका वडा न ३ का १६ घर परिवारका घरहरु पुर्ण रुपमा नभत्किएपनी बढी जोखिममा भएकाले तत्कालका लागि वडाबाट त्रीपाल वितरण गरिएको छ । बढी जोखिममा रहेका घर परिवारहरुले यस अघि बस्दै आएको घर छोडेर पाल टाँगेर बसिरहेका छन् । यस्तै गाउँपालिकाका अन्य ठाउँमा पनि भौतिक रुपमा ठुलो क्षती गरेको छ । घरहरु चर्किएर बस्न नमिल्ने भएर आफुहरु पाल टाँगेर बस्दै आएको भएपनि क्षेतीको विवरणका लागि कोही नआएको स्थानीयको दुखेसो छ । प्रहरीलाई खबर गर्दा पनि आउँन्छौ भनेको तर घटना स्थलमा नपुगेको खप्तड छेडेदह गाउँपालिका ३ का स्थानीय राम बहादुर खड्काले बताउनुभयो ।यता प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आज आफै प्रभावित क्षत्रमा पुगेको बताउदै क्षतीको विवरण संकलनका लागि प्रहरीको टोली नपुगेका बाँकी ठाउँहरुमा पठाउने बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!