मिन बहादुर खड्का, बाजुराः बाजुरामा मंगलबार दिउँसो गएको भुकम्पका कारण भएको क्षतीको विवरण संकलनका लागि गएको प्रहरीको टोली घटना स्थल नपुगी फर्किएको खुलेको छ । मंगलबार राती नै प्रहरीलाई भुकम्पले गरेको क्षती बारे जानकारी गराएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार प्रहरी चौकी टाँटे बाट प्रहरीको टोली बुधबार बिहान वडा न।३ मा गएको तर पुडाबाउलाका केही घरहरु मात्रै हेरेर फर्किएको बताइएको छ । हिजो नै प्रहरीलाई खबर गरेको क्षतीको विवरण संकलनका लागि अहिलेसम्म नपुगेको स्थानीयले दुखेसो छ ।भुकम्पका कारण बाजुरामा भौतिक रुपमा ठुलो क्षती गरेको छ । बढी जोखिममा रहेका घर परिवारहरुले यस अघि बस्दै आएको घर छोडेर पाल टाँगेर बसिरहेका छन् । घरहरु चर्किएर बस्न नमिल्ने भएर आफुहरु पाल टाँगेर बस्दै आएको भएपनि क्षतीको विवरणका लागि कोही नआएको स्थानीयको दुखेसो छ । प्रहरीलाई खबर गर्दा पनि आउँन्छौ भनेको तर घटना स्थलमा नपुगेको खप्तड छेडेदह गाउँपालिका ३ का स्थानीय राम बहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नू भयो घर बस्न मिल्ने खालका छैनन् , भत्किन मात्रै बाँकी छन्, चिराचिरा भएका छन्, प्रहरी भन्छन्, नभत्किएका घरहरूलाई क्षती भएको मानिदैन मुल्चुल्का हुँदैन भन्छन् , अरु ठाउँमा आए तर हाम्रो गाउँ प्रहरी नै आएनन् , राहत देलान् भन्ने त आस पनि थिएन, अरु ठाउँ प्रहरी पुग्ने ठाउँ यहाँ किन आएनन् , श्रीमान घर छैनन् , चार छोराछोरी, लिएर म महिला मान्छे काँ जाने, घर बस्ना जस्तो छैन, हिजो रातभरि बाहिरै बस्यौं, अहिलेसम्म कोही आएनन् , वडाबाट एक त्रीपाल दिएको छ, आफु बस्ने की सामान राख्ने एउटै त्रीपालमा , अर्की स्थानीय उज्याली खड्काले रुदै दुखेसो सुनाउनुभयो । खड्काको चार जनाको परिवार अहिले त्रिपालमा बस्दै आएका छन् ।
अर्का स्थानीय हर्क खड्काको दुखेसो पनि फरक छैन, उहाँको ९ जनाको परिवार पनि त्रिपालमुनी बस्न बाध्य छन् । घर भित्रको सबै सामान अन्यत्र स्थानीयको पहलमा सारिएको उहाँले बताउनुभयो । पशुचौपाया कहाँ राख्नेरु आफु कहाँ बस्ने रु सामान कहाँ राख्ने, छोराछोरी साथमा छन् । यसरी विच बाटोबाट नै प्रहरीको अनुगमन प्रभावकारी बन्छ कि बन्दैन सबै जनताहरुको प्रश्न प्रहरी प्रशासनलाइ रहेको बताएका छन । विपदको बेला सहयोग भन्दा पनि सान्तोना दिन भए पनि प्रहरीसमुदाय समुदायमा जान जरुरी देखिन्छ तर बाजुरामा यसको विपरित भएको जनताको दुखेसो रहेको छ ।भुकम्पका कारण ९ घर परिवार विस्थापित भएका छन् । यस्तै दर्जनौं बढी घरहरू जोखिममा रहेका छन् । मंगलवार दिउँसो गएको भुकम्पका कारण बाजुरामा भौतिक रुपमा ठुलो धनजनको क्षती भएको छ ।
मंगलबारको भुकम्पका कारण बाजुरामा ९ घर परिवार विस्थापित, वडा कार्यालय द्वारा त्रिपाल वितरण
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार भुकम्पका कारण बढी क्षती खप्तड छेडेदह गाउँपालिकामा गरेको छ भने बुढीगंगा नगरपालिका र बडीमालिकामा पनि क्षती गरेको छ । हालसम्म खप्तड छेडेदह गाउँपालिकाका ६ घर र बुढीगंगा नगरपालिकाका ३ घरहरुमा पुर्ण रुपमा क्षती गरेको र खप्तड छेडेदहका ५ र बुढीगंगाका ३ र बडीमालिकाका २ घरमा आंशिक क्षती भएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । यस्तै हिजो दुईजना घाइते भएका थिए । आंशिक रुपमा बाजुराका अधिकांश प्रत्येक गाउँका दर्जनौं घरहरूमा क्षती पुर्याएको छ । प्रभावित क्षेत्रमा प्रहरीको टोली खटाइएकोले क्षेतीको विवरण आउने क्रम जारी रहेको पनि प्रहरीको भनाई छ । क्षतीको विवरण संकलन भएपनि हालसम्म भुकम्प पीडित परिवारले राहत भने पाएका छैनन् । कतिपय प्रभावित क्षत्रमा न त प्रहरीको टोली पुगेको छ नत जनप्रतिनिधि नै पुगेका छन् । हिजो देखि खुला आकाशमुनि प्रभावित परिवारहरु जागाराम बस्न बाध्य छन् ।
जोखिममा रहेको १६ घर परिवारलाई वडा कार्यालय द्वारा त्रीपाल वितरण
खप्तड छेडेदह गाउँपालिका वडा न। ३ का १६ घर परिवारका घरहरु पुर्ण रुपमा नभत्किएपनी बढी जोखिममा भएकाले तत्कालका लागि वडाबाट त्रीपाल वितरण गरिएको छ ।यता प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आज आफै प्रभावित क्षत्रमा पुगेको बताउदै क्षतीको विवरण संकलनका लागि प्रहरीको टोली नपुगेका बाँकी ठाउँहरुमा पठाउने बताउनुभयो ।यो बिषयमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीलाई सोध्दा सबै ठाउँ प्रहरीको टोली खटाइएको दाबी गर्नुभएको छ । टोली खटाएका एक दुई ठाउँ बाहेकका ठाउँबाट क्षतीको विवरण बारे जानकारी आइसकेको पनि उहाँले बताउनुभयो ।
यता प्रहरी चौकी टाँटेले भने पुर्ण रुपमा कुनैपनि घर क्षती नभएका कारण आंशिक रुपमा क्षती भएका घर कति छन् भने जनप्रतिनिधि मार्फत विवरण संकलन गरेको दाबी गरेको छ । बिहिबार पुनः गएर विवरण संकलन गर्ने प्रहरी चौकी टाँटेले जनाएको छ ।यता खप्तड छेडेदह गाउँपालिका ३ क वडा अध्यक्ष विर्क बहादुर रावतले भने जनप्रतिनिधिको टोली प्रत्यक टोलमा गएर क्षतीको विवरण संकलन गरेको बताउनुभयो । साथै उहाँले अती जोखिममा रहेका १६ घर परिवारलाई त्रीपाल वितरण गरेको बताउनुभयो । केही घरहरूको मुचुल्का तयार पार्नु पर्ने देखिएकाले प्रहरीलाई खबर गरेर मुचुल्का तयार पारेको अध्यक्ष रावतको भनाई छ ।











