युनिकोड    राशिफल    एफएम रेडियाे                        
453 पटक पढिएको

बाजुराः  बाजुरामा भुकम्पले गरेको क्षतीको विवरण संकलन कार्य अझै जारी रहेको छ । आज थप चार घरहरुमा पुर्ण रुपमा क्षती भएको विवरण जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले प्रभावित क्षत्र तर्फ खटिएको प्रहरीकोृ टोलीलाई उदृद गर्दै बताउनु भएको छ। मंगलबार गएको भुकम्पका कारण बाजुरामा ८८ घरहरु पुर्ण रुपमा भत्किएका छन् । यस्तै जिल्ला भर १४ वटा गोठहरुमा पनि पुर्ण रुपमा क्षती पुयाएको छ। । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार भुकम्पका कारण बढी क्षती खप्तड छेडेदह गाउँपालिकामा गरेको छ भने बुढीगंगा नगरपालिका र बडीमालिकामा पनि क्षती गरेको छ । यस्तै गौमुल गाउँपालिमा पनि क्षती गरेको बताइएको छ।

प्रहरीका अनुसार हालसम्म बुढीगंगा नगरपालिकाका १८ घर खप्तड छेडेदह गाँउपालिकाका ४५ वटा घर, बुढीनन्दा नगरपालिकाका ७ वटा घर बडीमालिका नगरपालिकामा ४ घर त्यसैगरी गौमुल गाँउपालिकाका का १४ वटा घर गरी जम्मा ८८ वटा घरहरुमा पुर्ण रुपमा क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार खप्तड छेडेदह गाँउपालिका वडा न। ५ मा भैँसि बाध्ने छाना अर्थात १४ वटा गोठहरुमा पुर्ण रुपमा क्षती गरेको बताइएको छ। यस्तै जिल्लाभर १०५ घरहरुमा आशिक क्षती भएको छ भने १७० घरहरुमा सामान्य क्षती भएको बताइएको छ। यस्तै जिल्लाभर २ वटा सरकारी कार्यालयमा पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजु्राले जनाएको छ ।

९ वटा सरकारी कार्यालयमा आंशिक क्षती गरेको भने १७ वटा कार्यालयमा सामान्य क्षती भएको छ । भुकम्पका कारण २ जना घाइत भएको भएपनि सामान्य उपचारपछी घर फर्किसकेका छन् । मानविय क्षती भने बाजुरामा भएको छैन ।आंशिक रुपमा बाजुराका प्रत्येक गाउँका दर्जनौं घरहरूमा क्षती पुर्याएको छ । क्षेतीको विवरण आउने क्रम जारी रहेको पनि प्रहरीको भनाई छ । क्षतीको विवरण संकलन भएपनि हालसम्म भुकम्प पीडित परिवारले राहत भने पाएका छैनन् । कतिपय प्रभावित क्षत्रमा न त प्रहरीको टोली पुगेको छ नत जनप्रतिनिधि नै पुगेका छन् । हिजो देखि खुला आकास मुनि प्रभावित परिवारहरु जागाराम बस्न बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!