धनगढीः कैलालीमा दोस्रो विवाह गर्नेको संख्या बढ्न थालेको छ। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या जिल्लाभित्र बढ्न थालेको हो। घरकी श्रीमतीलाई धोका दिएर अर्को विवाह गरेको भन्दै श्रीमान विरुद्ध कैलालीमा उजुरी दिने महिलाको संख्या समेत बढ्न थालेको छ।
परिवारको बिचल्ली पारेर श्रीमानले अर्को विवाह गरेको भन्दै पीडितहरु प्रहरी कार्यालय हुँदै अदालतसम्म समेत धाउने गरेका छन्। कतिपय पुरुषले त घरकी श्रीमतीलाई कुनै जानकारी नै नदिएर नयाँ श्रीमतीलाई भगाएर परिवारबाट सम्पर्क विहिन हुने गरेका घटना समेत सार्वजनिक भइरहेका छन्।