कैलालीः कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको यो वर्षको १७ औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा भोली चर्चित गायक राम्जी खाँडले प्रस्तुती दिने भएका छन । लोक तथा दोहोरी गितमा एकछत्र राज गर्न सफल बहुचर्चित गायक आँडले भोली आफ्नो सांगितिक प्रस्तुती दिने भएका छन । लोक गितको क्षेत्रमा आफ्नो आवाजलाई शिखरमा पुर्याउन सफल गायक खाँडले सयौँ गितहरुमा आवाज दिई सकेका छन भने गायक खाँडले कतिपय गितहरुमा मोडलको समेत भुमिका निर्वाह गरेका छन । तिनै कुशल, कर्मठ,देशकै बहुचर्चित गायकले भोली सुदुरपश्चिममा निकै रमाइलो गनै भएका छन । खाँडको उपस्थितले कार्यक्रम थप भब्य बन्ने आयोजकले जनाएको छ । गायक खाँड जुन स्टेजमा प्रबेश गर्छन त्यहाँ आम दर्शकको ओहीरो लाग्ने गर्दछ,खाँयको गितमा उफ्रिएर ननाच्ने सायद कमै मात्रामा भेटिन्छन् ।
आगामी पुस २ गतेसम्म चल्ने महोत्सवमा यो वर्ष ३५० वटा व्यावसायिक प्रयोजनका स्टल राखिएका छन्। जसमध्ये २७४ वटा व्यावसायिक पसल रहेका छन् भने बाँकीमा रेष्टुरेन्ट, थारु ग्राम, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी राखिएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले बताएका छन ।आर्थिक मन्दीका बाबजुत पनि यो वर्ष व्यवसायीले उत्साहको साथ स्टल बुकिङ गरेका छन्। आर्थिक मन्दीका कारण व्यावसायिक आउँदैनन् कि भन्ने लागेको भए पनि करिब ६० जना व्यवासायिलाई स्टल दिन नसकेर फर्काउनु परेको महासचिव बिष्टले बताए। ‘यो वर्ष आर्थिक मन्दीका कारण स्टल बुकिङ हुन्नन् कि भन्ने लागेको थियो तर, सबै स्टल बुकिङ भएका छन्,’ उनले भने, ‘स्टल अभावमा करिब ६० जना व्यावसायिलाई फर्काउनु परेको समेत बताएका छन।’