बाजुरा : बाजुराकाे बुढीगंगा नगरपालिकामा आजबाट चाैथाे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ यस वर्षकाे नगरस्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियाेगिताकाे एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले बाजुराका सचिव भरत थापाले उद्घाटन गरेका छन् ।
प्रतियाेगिता भानाेदय माविमा सूरू भएकाे छ
प्रतियाेगितामा पालिका भित्रका ८ वटा विद्यालय सहभागि भएकाे बुढीगंगा-६ काअध्यक्ष तथा नगरप्रवक्ता हेमराज जैशीले बताएका छन्।
नगरप्रमुख रामबहादुर बानियाँकाे अध्यक्षतामा सूरू भएकाे प्रतियाेगितामा प्रमुख अतिथि एमाले बाजुराका सचिव भरत थापा रहेका छन् ।
त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य हिक्मत थापा, उपप्रमुख माया खड्का कुँवर लगायत रहेकाे प्रतियाेगताकाे संचालन नगरपालिकाका कर्मचारी टंक सिंहले गरेका छन् । प्रतियोगिताले विद्यार्थीकाे व्यक्तित्व विकासमा सहयाेग पुग्ने पालिकाले विश्वास लिएकाे छ ।