राम बहादुर दानी बाजुरा : महिला तथा बालबालिकाकाे क्षेत्रमा काम गर्ने प्रादेशिक सुशासन केन्द्रले लैङ्गिक परिक्षण सम्वन्धी ३ दिने गाेष्टी खप्तड छेडेदह गाउपालिकामा सुरु गरेकाे छ । असाढ ७ गतेबाट सुरु भएकाे गाेष्टी ९ गते समापन गरिने छ ।
गाेष्टीमा गाँउपालिकाका स्थानिय जनप्रतिनिधि लगायत महिला तथा बालवालिकाकाे उपस्थिति रहेकाे थियाे । गाेष्ठी अाैपचारिक रुपमा असाढ ७ गते सुरु गरिएकाे हाे । गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतकाे अध्यक्षतामा सुरु भएकाे गाेष्ठीकाे प्रादेशिक सुशासन केन्द्रका प्रशिक्षक महनराज जैशी, केशरी राेकाया र अर्जुन थापाले सहजिकरण गरिरहनु भएका छ ।
बाजुराका ग्रामिण स्तरका पालिकाहरुमा लैगिक समानताका बिषयमा के कति बजेट बिनियाेजन भयाे यसकाे लेखाजाेखा र डाटा सँकलन गरि अागामी दिनहरुमा लक्षित बर्गहरु सम्म साे वजेट पुग्छ या पुग्दैन पुगे पनि कत्तिकाे कार्वयनयन भयाे भएन सबै कुराकाे डाटासँकलन गरिने गाष्ठीका सहजकर्ता महनराज जैशीले बताए ।
प्रादेशिक सुशासन केन्द्रकाे अायाेजनामा सुरु गरिएकाे गाेष्ठीले अागामी दिनहरुका बजेटमा लक्षित बर्गलाई वजेट बिनियाेजित गरि महिला तथा बालबालिकाकाे क्षेत्रमा काम गर्न गाउँ परिषदले विशेष भसमिका निर्वाह गर्ने कुरामा जाृड दिनकाे लागि सहजिकरण गरेकाे छ ।
गाँउपालिकामा लैङ्गिक परिक्षणमा पालिका कुन स्तरमा छ परिक्षण गर्ने गाेष्ठीकाे लक्ष रहेकाे छ । नितिगत रुपमा पालिकाहरु लैगिक स्तरमा के कसरी बजेट विनियाेजन गरिरहेका छन र कसरी अगाडि बढेका छन साेकाे पहिचान गरि अागामी दिनहरुमा तथ्याँक सँकलन गर्नु पर्ने विषयमा पालिकाहरुकाे विशेष भुमिका रहनु पर्ने गाेष्ठीकाे लक्ष रहेकाे छ ।
पालिकाहरुले नीति तथा कार्यक्रममा ल्याउदा सम्मान जनक बजेट बिनियाेजन गरि सहि ठाँउमा कार्वनयन हुनु पर्ने भएकाेले वास्तविक सुचक सँकलन गर्नु पर्ने रहेकाे छ । लैगिक समानता, बजेट बिनियाेजन, लक्षित वर्ग सम्म पर्ने सकारात्मक प्रभाबका लागि ५ वटा सुचक, २२ वटा उपसुचक र १०० वटा बास्ततविक सुचकहरु रहेकाे गाेष्टिका सहजकर्ता महनराज जैशीले जानकारी दिए ।