युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
151 पटक पढिएको

लोकतन्त्र बिहानी,न्युज श्रावण ३०,बाजुराः बडिमालिका नगरपालिका वडा नम्बर ८ जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले मार्तडी बजार सरसफाई गरेको छ । “बडिमालिका नगरपालिकाको शान, महिनाको एक दिन अनिवार्य श्रमदान”भन्ने मुल नाराका साथ मार्तडी बजार सरसफाई गरीएको नगरपालिकाले जनाएको छ । मार्तडी बजारको वातावरणलाई स्वच्छ,सुन्दर राख्नको लागी नगरपालिकाले चालेको महिनाको एक दिन अनिवार्य श्रमदान कार्यक्रम अन्तर्गत बजार सरसफाई गरीएको नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।

सदरमुकामको वातावरणलई थप ब्यबस्थित स्वच्छ बनाउँन र अहिले बडिमालिका दर्शनको लागी मार्तडी बजार हुँदै आउँने दर्शनार्थीको घुँइचो हुने भएकोले नगरपालिकाको अभियान अन्तर्गत नगरपालिका,खुलामञ्च देखि पजल्ला कारागार सम्म सरसफाई गरीएको बताइएको छ । बर्षातको समयमा बजारमा झनै दुर्गन्धित हुने भएकोले त्यसको ब्यबस्थापन गर्न नाली लगायत ठाउँठाउँमा फालिएको फोहोर उठाएर पालिकाको टिप्परमा लगेर पालिकाको फोहर बिर्षजन गर्ने डम्पिङ साइडमा फालिएको नगरपालिकाले जनाएको छ । पालिकाले सम्पुर्ण मार्तडी बासीहरुलाई आआफ्नो होटल अगाडी फोहर नगर्न समेत आग्रह गरेको थियो । पालिकाको अभियानमा पालिकाका कर्मचारीहरुको सहभागिता रहे पनि अन्य बजारबासीहरुको भने खासै सहभागिता रहेको थिएन् । सम्पुर्ण बजारबासीहरुलाई आफ्नो घर,पशल,आँगनको अगाडी आफैले सरसफाई गर्न पनि निर्देशन दिइएको छ ।

नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी लगायत अन्यको उपस्थितिमा सरसफाई अभियान सञ्चालन गरिएको हो । सबैले आफ्नो घर आगन, होटेल , ब्यबसाय अगाडिको फोहर आफ‌ैले ब्यबस्थापन गरे मार्तडी बजार दुर्गन्धित नहुने र बजारको वातावरण पनि स्वच्छ हुने नगर उप प्रमुख नन्दा थापाले बताईन्। पछिल्लो समयमा आँखा पाक्ने, डेङ्गु जस्ता खतरनाक रोगहरु सरसफाइको कमिले हुने र आफ्नो गाउँ टोल पनि फोहोर देखिने कारणले यो अभियान उक्त समसया न्युनिकरण गर्न सहयोग गर्ने थापाले बताएकी हुन् । सरसफाई कमीले पछिल्लो समय ठुलो महामारी फैलने हुँदा सबैभन्दा पहिला सरसफाई सबैले ध्यान दिन जरुरी रहेको समेत उनले बताएकी हुन् ।

मार्तडी बजारलाई फोहोर र दुर्गन्धित बाट मुक्त गराउँन पालिकाले यो अभियान सञ्चालन गरेको हो । जिल्ला सदरमुकाम समेत रहेको मार्तडीमा बजारमा जिल्ला भित्र र बाहिरका दैनिक हजारौंको संख्यामा मानिसहरु आवात जावत गर्ने गर्दछन् । सदरमुकाममा धेरै भिडभाड हुने र बढी फोहर हुने सम्भावना पनि रहने हुँदा पालिकाले यस्तो अभियान अपनाएर अगाडी बढिरहेको नगरपालिकाको भनाई रहेको छ । मार्तडी बजार सरसफाई कार्यक्रममा नगर प्रमुख, उप्रमुख ,प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, वडा अध्यक्ष,नगरपालिकाका कर्मचारी, उद्योग वाणीज्य संघका प्रतिनिधि, प्रहरी कर्मचारी, सशस्त्र प्रहरी बलका कर्मचारी लगायत अन्य बजारबासीहरुको उपस्थितमा सरसफाई गरीएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!