युनिकोड    राशिफल    एफएम रेडियाे                        
303 पटक पढिएको

३० माघ, काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सुरु गर्ने भएको छ । चिया समयअघि कानुन व्यवसायीसँग छलफल गरेपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले भने, ‘हामी निवेदन अध्ययन गरी टिपोट गर्दैछौं । चिया समयपछि सुरु गर्छौं ।’

त्यसभन्दा अगाडि उनले निवेदकहरुको संख्या, वकालतनामा गर्ने कानुन व्यवसायीहरुको संख्या र बहस गर्ने कानुन व्यवसायीहरुको संख्या र उनीहरुको समयबारे सोधेका थिए । धेरै निवेदन र कानुन व्यवसायीहरु भएपछि सुनुवाइमा व्यवस्थापन गर्न उनले कानुन व्यवसायीलाई अनुरोध गरेका थिए ।

त्यसक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले आफूहरुले बहस नदोहोर्‍याउने र संक्षिप्त रुपले भनाइ राख्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका निकायमा ५२ जना संवैधानिक पदाधिकारीहरु नियुक्त भएका थिए । उनीहरुको नियुक्ति बदरको माग गर्दै १५ वटा निवेदन दर्ता भएका थिए ।

सबैभन्दा पहिले रिट निवेदन दर्ता गरेकाले अर्यालको निवेदन पहिलो नम्बरमा छ । प्रधानन्यायाधीश राउतले अरु निवेदकबारे पनि सोधेका थिए । त्यसक्रममा अरु रिट निवेदनका साथै तत्कालीन सभामुख अग्नि प्रसाद सापकोटाले दर्ता गराएको निवेदनमा पनि निवेदकहरु आए÷नआएको बारे प्रधानन्यायाधीश राउतले सोधेका थिए ।

सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र चन्द्रप्रसाद गुरागाईंले बहस गर्ने जानकारी गराइएको थियो । सो मुद्दामा एक घण्टाको ब्रेक सकिएपछि सुनुवाइ सुरु हुनेछ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएको बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग लगायतका निकायमा पदाधिकारीहरु नियुक्त गरिएको थियो ।

संविधानमा नै भएको व्यवस्था उल्लंघन हुने गरी अध्यादेश जारी भएको, तत्कालीन सभामुख अग्नि सापकोटालाई थाहै नदिई संवैधानिक परिषदको बैठकबाट ती पदाधिकारीहरु नियुक्त भएको र संसदीय सुनुवाइ पनि नभएको भन्दै कानुन व्यवसायीहरुले नियुक्ति बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

 

 

२०८१ माघ, ३० बुधबार १३:३१:४३

images

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!