बाजुरा,२३ जेठ- जिल्लाको बुढीगंगा नगरपालिका–६मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिण्डर पड्किदा आगलागि भएको छ ।
बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बजारको होटलबाट लागेको आगोले जलेर १२ बढी पसलहरु जलेर नष्ट भएको प्रहरीको अनुमान रहेको छ ।
आगलागिका कारण लाखौंको क्षती भएको छ । आगो लाग्नुको कारण खुलेको भएपनि के कति क्षति भयो भन्ने बारेमा एकिन हुन सकेको छैन ।
हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको बताइएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी,स्थानीयहरु लागि रहेका छन् ।
आगलागिका कारण फाइवर इन्टरनेट र विद्युत सेवा समेत अवरोध भएको छ ।











