बाजुरा:साँफे- मार्तडी सडकखण्ड अन्तर्गत जिल्लाको बुढीगंगा नगरपालिका-१ अम्काेटमा जीप दुर्घटना भएको छ । शनिबार दिउँसो डाब बजारबाट सामान बोकेर मार्तडी आउँदै गरेको से १ च १८९२ नम्बरको जीप दुर्घटना भएको हाे ।
बुढीगंगा नगरपालिका १ का फागुन सिंहले चलाएको जीप ब्रेकफेल भई एक्कासी सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको र जिप बीच सडकमै पल्टिएकोले अहिले सडक अवरोध भएको जनाएको छ।











