बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं २ जयबागेश्वरीका दलबहादुर शाहीले आर्थिक अभाव भएकाले उपचारमा सहयोग गर्न अस्पतालको बेडबाट अनुरोध गरेका छन् । लामो समयदेखि बाँया खुट्टाको नसा नै काटेर फेर्नुपर्ने अवस्था आएकाले आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि शाहीले आग्रह गरेका छन् ।
उनले उपचारका लागि पाँच लाख लाग्ने भएको तर पारिवारिक आर्थिक अवस्था नाजुक भएकाले उपचारका लागि सक्दो सहयोग गर्न सबैमा अपिल गरेका छन् । हाल चितवनको भरतपुर मेडिकल कजेलमा उपचारत अवस्थामा रहेका शाहीले अस्पतालको बेडबाटै सक्दो सहयोग गर्न आग्रह गरेका हुन् ।
बाँया खुट्टाको घुडाभन्दा तलको नसामा रगत जमेको र नसा नै काट्नुपर्ने भएपनि पारिवारिक आर्थिक अवस्थाले नधान्ने भएकाले शाहीले सहयोग मागेका हुन् । अहिले हप्ताको हप्ता उपचारका लागि चितवन जाने र आउने गरेकोले केही महिनापछि नसा नै काट्नु पर्ने भएकाले उपचारका लागि सहयोगको अपेक्षा गरेको शाहीले बताए ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा ढिलाई भएको हो ।पैसा नभएर उपचार नभएमा छट्पटीएर बाँच्नु बाहेकको विकल्प नभएको शाहीकी छोरी भुवनेश्वरी शाहीले बताएकी छन् । घरको आर्थिक स्थिति कमजोर छ ।अस्पतालका अनुसार उपचारका लागि पाँच लाख लाग्न भनिएको छ । यति धेरै रकम काँहाबाट ल्याउने होला उनले भनिन् ।सो रकम नजुटाएमा उपचार नपाएर जीवन पीडामा छटपटाउनु बाहेक अरु केही विकल्प नभएको शाहीले बताइन् ।
उनले सहयोगका लागि कृषि विकास बैंकमा भुवनेश्वरी शाहीको नाममा रहेको खाता नं ०८२३००११६७१७१७५०१७ जम्मा गरि सहयोग गर्न अनुरोध गरेका हुन् ।