बाजुरा– बडिमालिका नगरपालिका नगरस्तरिय विपद व्यवस्थापन समितिको बैठक बसेको छ । विश्वभरी कोरोना महामारी फैलिरहेका बेला बडिमालिका नगरपालिकामा निम्तीन सक्ने संकटलाई मध्येनजर गर्दै सोमबार बिहान बडिमालिका नगरपालिकाको नगरस्तरिय विपद व्यवस्थापन समितिका बैठक बसेको नगरपालिकाले जनाएको छ ।
विपद व्यवस्थापन समितिका अध्यक्ष पदम बडुवालको अध्यक्षतामा बसेको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड १९ को संकट व्यवस्थापनका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गर्ने, सचेतनामुलक कार्यक्रम संचालन गर्ने,आइशोलेशन संचालन गर्ने,जनशक्तीको अवस्था, औषधी उपकरणको उपलब्धता, जिवीकोपार्जनलाई विपन्न पहिचान गरी राहात तथा उद्दारगर्ने र लाश व्यवस्थापन गर्ने लगायतका निर्णयहरु गरी तत्काल कार्यपालिकामा पेश गरिने विपद व्यवस्थापन समितिले जनाएको छ ।
त्यसैगरी मार्तडी बजारको खानेपानी व्यवस्थापनका लागि हालको संरचनाको अवस्था, पानीको आपुर्ती र मागबिचको सम्बन्ध व्यवस्थापनको चुनौतीलाई अध्ययन तथा कार्यान्वयन गर्ने र तत्काल एम्बुलेन्स सेवा संचालनका लागि हाल मौजुदा एम्बलुलेन्स मर्मत, नँया खरिद अथवा तत्काल अन्य व्यवस्थापन गर्ने निर्णय गरि तत्काल कार्यपालिकामा पेश गरिने विपद व्यवस्थापन समितिले जनाएको छ ।
बैठकमा विपद व्यवस्थापन समितिका पदाधिकारी नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, उद्योग वाण्ज्यि संघ बाजुरा, खानेपानी व्यवस्थापन लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको जनाइएको छ ।
निर्णयहरू यस्ता रहेका छन्