धनगढी–नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अघि नबढ्ने बताएका छन्। उनले एमसीसीका बारेमा आफूहरुका विभिन्न सात शर्त रहेको पनि जनाएका छन ।
शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेपाल सरकारले एमसीसीलाई प्रश्न सोधेको र त्यसको जवाफ एमसीसीले पठाइसकेको बताएका छन । ती जवाफका सम्बन्धमा अध्ययन भइरहेको उनले बताए ।
यस्तै अहिले गठबन्धन भत्काउनका लागि अनेक किसिमका दाउपेच भइरहेको भन्दै उनले त्यसविरुद्ध चनाखो हुनुपर्ने उनको भनाई रहेको छ ।
दिनेश खबरबाट साभार