युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
835 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– कालिकाेट जिल्लाको शुभकालिका गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक तत्कालिन (नेपाल कम्न्युष्ट पार्टी एमाले) बाट निर्वाभित पम्फा कुमारी शाहीले प्रहरी कार्यालय कालिकोट भित्रै पत्रकार ललित विष्टलाई हातपात गरेकि छन । केहि समय अगाडी उपाध्यक्ष पम्फा कुमारी शाहीको नामबाट खोलिएको टिकटक आइडीमा कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कर्मराज शाहीको फोटो हालेर टिकटक बनाएर पोष्ट गरिएपछि नेपाल प्रेसले समाचार बनाएको थियो ।

सोही समाचारलाई पत्रकार बिष्टले शेयर गरेको आवेगमा केही बिवाद चुलिए पछि निज दुबै पक्षलाई जिल्ला पहरी कार्यालयमा छलफलका लागि बोलाइएको थियो । शुक्रबार बेलुकी ५ बजे पत्रकार ललित बिष्ट र एक जना रेडयो कर्णलीमा कार्यरत कर्मचारी सहित गाँउपालिकाकी उपाध्यक्ष पनि जिल्ला प्रहरी कार्यालय कालिकोटमा गएका थिए ।

कर्णाली प्रेसका अध्यक्ष तथा रेडियो नयाँ कर्णाली एफ एमका पत्रकार ललित विस्टलाई उपाध्यक्ष शाहीले कृषि मन्त्री कुर्मराज शाही संगको टिकटकको समाचार साभार र शेयर गरेको भन्दै छलफलका लागि उपथिति हुने क्रममा प्रहरी कार्यालय ढोकामै निज शाहीले मुक्का प्रहार गरेकि थिईन । छलफलका लागि बोलाउदा न्यायिक समितिको संयोजक जस्तो ब्यक्तिले उल्टै छलफाल गर्नु पर्ने ठाँउमा मेरो टिकटक शेयर गर्ने पत्रकार तँ नै होस भन्दै मुक्का प्राहार गरेको पीडित बिष्टले लोकतन्त्र बिहानी न्यूजलाई बताएका छन ।

यता यो बिषयमा के भएको हो भनी जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई सोध्दा यो बिषयमा आफुलाई केही जानकारी नआएको बताएका छन । सोही घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएस पी चक्र बहादुर शाहलाई सोध्दा टिकटकको भिडियोको बारेमा विवाद आएको र सोही बिबादलाई साम्य गर्न दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको समयमा यस्तो हातपात भएको बताएका छन ।

शुक्रबार साँझा ५ बजे जिल्ला प्रहरी कार्यालयमा दुबै पक्ष बोलाई पीडकलाई माफी माग्न लगाएको तर पीडित पत्रकार बिष्टले सामान्य माफीले नमानेको बताएका छन । उता पीडित ललित बिष्टलाई माफी मागिसक्दा पनि किँन नमानेको भन्दा आफ्नो पेषालाई नै लात हान्ने प्रयास गरेकोले न्यायिक समिति जस्तो न्याय दिने ठाँउको जिम्मेवारी ब्यक्तीले बिवादलाई छलफलमा लिनुको सट्टा केही नबोली मुक्का हान्नुले सामान्य माफीले मात्र नहुने बताएका छन । पीडित बिष्टका अनुसार आफुलाई मात्र हातपात नगरेकोले सिंगो प्रेस जगत माथी नै प्रहार भएकोले पीडितलाई न्याय र क्षतिपुर्ति दिए सम्म थप कानुनको ढोका ढक ढक्याने बताएका हुन ।

यसरी भएको बिवादको विषयमा के भएको हो भनेर शुभकालिका गाँउपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक पम्फा कुमारी शाहीलाई बुझ्न खोज्दा उल्टै लोकतन्त्र बिहानी न्यूजका प्रधान सम्पादक तथा रेडियो पौरखी ९०.४ मेगाहर्ज बाजुराका स्टेशन मेनेजर राम बहादुर दानीलाई तँ कोहोस मेरो अन्तरवार्ता लिन्छस भने म भएको ठाँउमा आइजा, तँ काँ को पत्रकार होस, को पत्रकार होस ? तँ पत्रकार होस भने तेरो आइडी सो गर भनेर धम्की र दम्ब दिएको छ ।

कुनै विषयमा उठेका मुद्वाका बिषयमा पत्रकारले जनपतिनिधिलाईृ सभ्य तरिकाले सोध्दा उल्टै पत्रकारलाई धम्की पुर्ण भाषाको प्रयोग गर्नुमा नेपाल पत्रकार महासंघ बाजुरा, कालिकोट लगायत ७७ वटै जिल्लाको नेपाल पत्रकार महासंघ घोर आपत्ति प्रकट गर्दछ । पत्रकारले देखेका कुरा लेख्ने र सत्य तथ्य समाचार सम्प्रेषण गर्ने धर्ममा काम गरि रहेको हुँन्छ । यसरी समाचार लेखेकै र शेयर गरेको भन्दै निज गाँउपालिकाकी उपाध्यक्ष शाहीले सिंगो प्रेस माथी धावा बोलेर ठाडो प्राहार गरेको उनको दम्ब र सांकेतिक भाषाले प्रष्ट पारेको छ ।

यसै बिषयलाई लिएर नेपाल पत्रकार महासंघ कालिकोटले शुक्रबार एक विज्ञप्ती निकालेको छ । स्वतन्त्र पत्रकारलाई समाचार लेखेकै र शेयर गरेकै आवेगमा ज्यान मार्ने, धम्की दिने पत्रकारलाई स्वतन्त्र रुपमा कलम चलाउन नदिने बाइसे चौबिसे राज्यको जस्तै एकतन्त्री शासन चलाउने यस्ता जनपतिनिधिलाई कानुनी कटघेरामा ल्याएर पीडितलाई न्याय र पीडकलाई कारवाही नभएर सम्म नेपाल पत्रकार महासंघले चरणबद्वरुपमा थप खवदारीका कार्यक्रमहरु अगाडी सार्ने भनी बिज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै प्रेस चौतारी नेपाल कालिकोटले पनि शुक्रबार नै बिज्ञप्ती जारी गदैै पत्रकार माथी भएको ठाडो पाहारले सिंगो पेस जगतलाई नै प्राहार भएकोले यस्ता जनप्रतिनिधिहरुलाई कानून संवत कारवाही हुनु पर्ने, पेषागत सुरक्षाको ग्यारेन्टी हुनु पर्ने आपत्ति सहित एक विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

समाचार पोष्ट गरेको विषयलाई उपाध्यक्ष शाहीले प्रहरीलाई जानकारी दिई पत्रकार ललित विष्टलाई बोलाएर प्रहरी कार्यालय भित्र छलफलका लागि मुद्दा फाँटको ढोकामा प्रवेश गर्दै गर्दा उपाध्यक्ष शाहीले समाचार लेख्ने तै होस्! भन्दै आवेशमा आएर प्रहरीकै अगाढी मुका हानेकि हुन । सार्वजनिक पदमा रहेको व्यक्तिले एउटा नागरिकलाई मुका प्रहार गर्नु गलत रहेको भन्दै आलोचना गरिएको छ ।

उपाध्यक्ष पम्फा कुमारी शाहीको नामबाट कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कर्मराज शाहीको फोटो हालेर टिकटक बनाएर पोष्ट गरिए पछि नेपाल प्रेसले समाचार बनाएको थियो । त्यस पछि उपाध्यक्ष शाहीले आफ्नो टिकटक आफुले नगरेर आफ्नो बच्चाहरूले पोष्ट गरेको बताएकि थिईन । यसरी सुरु भएको बिवद र जनप्रतिधिले न्यायालय भित्रै पत्रकारमाथी हातपात गरेको घटनाको बिषयमा आइतवार थप छलफल गर्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएस पी चक्र बहादुर शाहले बताएका छन् ।

न्यायालय भत्रै पत्रकार असुरक्षित हुनुले आगामी दिनहरुमा पत्रकारलाई स्वतन्त्र रुपमा लेख्न पाँउने वातावरणबाट बाधक बनाउन खोजेको भन्दै देश भरका पत्रकारहरुले यसै बिषयको घोर विरोध गरि रहेका छन । उता पीडित पत्रकार बिष्टले भने आफुलाई न्यायालय भित्रै जनप्रतिनिधी उसैमा न्यायिक समितिको सँयोजकबाट नै हात पात गरिनुमा आफु असरक्षित रहकोले चित्त बुझ्दो फैसला नभए कानून संवत आफु अदालतमा मुद्वा दायर गर्ने बताउछन । पीडित विष्टलाई गाँउपालिकाको उपाध्यक्ष शाहीको रोहवरमा बिभिन्न ब्यक्तीहरुले अपरिचित नम्बरहरुबाट फोन गरेर राती राती तँ को होस तँकाँ छस तलाई माछौ, काट्छौ जस्ता ज्यान मार्ने धम्कीहरु आएको उनि बताउछन ।

संघिय लोकतान्त्रिक गणतन्त्रमा कानुनले दिएको अधिकार भन्दा बाहिर गएर सर्बसाधारण तथा पत्रकारहरुलाई यसरी धम्बकाउनु न्यायालय भित्रै पत्रकार माथी हातपात हुनुले नेपाली जनता नै असुरक्षित भएको हसुस गरिएको छ । जन प्रतिनिधीले बोल्ने भाषा र गरिने ब्यबाहार भन्दा उदण्डित रहेकोले आगामी दिनमा पत्रकारहरु माथी जिम्मेवार ब्यक्तीले विवाद साम्य गर्ने भनी न्यायालयमा बोलाएर गरिने यस्ता कु ब्यबाहारको सिंगो पत्रकार जगतले खबदारी गर्ने श्रमजिवी पत्रकारहरुको एकै आवाज रहेको छ । बिभिन्न जिल्लामा यसै बिषयलाई लिएर नपाल पत्रकार महासंघका जिल्ला साखा कार्यालयहले घोर आपत्ति जनाउदै प्रेस बिज्ञप्ती मार्फत खवदारी गरेका छन ।
पीडित पक्षलाई बोल्ने जनप्रतिनिधी शाही, प्रहरी निरिक्षक र पीडित पक्ष संग गरिएको कुराकानी यस्तो छ ।
के भन्छन त पीडक जनप्रतिनिधि शम्भु गाँउपालिकाकी उपाध्यक्ष तथा गाँउपालिका स्तरिय न्यायिक समितिकी संयोजक पम्फा कुमारी शाही  तलकाे लिँकमा क्लिक गरेर तिनै जनासंग भएकाे संवाद सुन्नुहाेस ।

https://youtu.be/EyfgEcG56t8

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!