बझाङ – बाढी प्रभावित क्षेत्रको निरीक्षण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । प्रधानमन्त्री देउवासँगै पर्यटनमन्त्री प्रेमबहादुर आले पनि बझाङ पुगेका छन् । काठमाडौँबाट सुर्खेत पुगेको प्रधानमन्त्रीको टोली सहित हेलीकप्टरमै बझाङ पुगेका हुन ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका प्रधानमन्त्रीले क्षतिको अवलोकनसँगै क्षतिबारे सुरक्षा निकाय तथा प्रशासनको ब्रिफिङ पनि सुन्ने भएका छन् । यसअघि सुर्खेतमा देउवाले बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारसँगै भौतिक क्षति बेहोरेका किसानलाई पनि राहतको व्यवस्था गर्ने घोषणा गरीसकेका छन् ।
देउवा धनगढी, कन्चनपुर, डडेल्धुरा लगायतको ठाउँमा पुग्ने कार्यसूची रहेको छ ।