बाजुरा–भारतको बम्मै स्थित उल्लासनगरबाट करिव रु १० लाख बराबर चोरेर एक नेपाली फ्रहार भएका छन । फ्रहार हुनेमा अछाम जिल्लाका दिपक खड्का सहित तिन जना नेपाली रहेका छन् । चोरी गरी फरार भएपछी त्यहाँ रहेका अरु नेपाली अछामको कमल बजार नगरपालिका वडा न. ४ लाल बहादुर साउद का जेठा छोरा बर्ष २९ बिरेन्द साउद, प्रिथिबि शाही,चामुन्डा बिन्दासैनि नगरपालिका लइन चौर दैलेखका रमेस बि.क, मालाखेली नगरपालिका ३ कैलालीका अमर कामी, पंचपुरी नगरपालिका ३ बाबिया चौर सुर्खेतका मंगलसैन गाउपालीका १ अछामका प्रेम बि.क, लाई प्रहरीले प्रक्राउ गरी हिरासतमा राखेको बताइएको छ ।
प्रहरीले प्रकाउ गरेपछी अछामका दिपक खड्का प्रक्राउ परेका अछामका बिरेन्द्र साँउदको नातेदार रहेको पाइएको छ । प्रहार भएका खड्का बिगत लामो समय देदिख काम गर्दै आइरहेका यिथए । उनले पैसा चारेर फ्रहार भएका दिपक खड्का आफ्नो नाटेदार रहेको प्रहरीलाई बताएका छन । साँउदका नातेदार समेत रहेका खड्का लिलाविला सोसायटी उल्हासनगर ३ फ्लायट नम्बर ३०२ मा चोरी गरी फ्ररार भएका भनी प्रहरीलाई भनेका छन् ।
पैसा चोरेर फरार हुने तिन जना मध्य अछामका दिपक साँउद बाहेक अन्य दुई जनाको परिचय भने खुल्न नसकेको जानकारी प्राप्त भएको छ । चोरी गरी फ्ररार भयपछी त्यहा रहेका अरू नेपालीहरूले सास्ती खेप्नु परेको छ । अहिले उल्हासनगर सेन्ट्ल पोलिस चौकी मा नेपालीहरू को सोधपुछ भैरहेको सोहि ठाँउ बस्ने राज बहादुर रोकायाले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।