काठमाडौँ–सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर तीनले बढाइएको छ ।
नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आजको बैठकले राति देखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ बढाएर १५ सय ७५ कायम गरिएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य ११९ कायम भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेकोे निगमका सहप्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई दुई अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ । निगगले यही कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।
दिनेश खबरबाट साभार