गोरखा–गोरखामा लागु औषध चरेससहित एक महिला पक्राउ परेकी छन् । पक्राउ हुनेमा अजीरकोट गाउँपालिका ५ चनौटेबाट १५ किलो दुईसय ग्राम चरेससहित एक महिला रहेकी छन् ।
डिएसपी प्रकाश दाहालका अनुसार ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ गरेको बताइएको छ ।
बुधबार राती १ः३० बजे बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा. २० च ९३३२ नम्बरको जीपमा चेकजाँच गर्दा महिलाले पहेँलो रङको बोराभित्र पोलिथिन प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याइएका सो परिमाणको चरेश फेला परेको उनले बताए ।
उनीविरुद्ध लागु औषध चरेस शीर्षकमा बिहीबार मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरेको दाहालले बताए । गाडीमा सवार अन्य तीनजनाको भने प्रत्यक्ष संलग्नता नदेखिएकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
श्रोत अन्नपुर्ण पोष्टबाट