धनगढी–वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो रिक्सा आज अनियन्त्रित भई सडकको कलभर्टमा ठोक्किएर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरेन्द्रनगर–१ की ४४ वर्षीया जमरा शाही रहेकी छन् । भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार शाहीको कर्णाली केयर अस्पताल वीरेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाँउ पठाइएको उनले बताए ।
श्रोत दिनेश खबर











