काठमाडौं–नेपाली बजारमा छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुनको मूल्य पाँच सयले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँमा कायम गरिएको थियो।
मंगलबार तेजाबी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको १ हजार २८० रुपैयाँ थियो ।
श्रोत अन्नपुर्ण पोष्ट