बाजुरा– जिल्लाको बढीमालिका नगरपालिका वडा नं. ३ जिल्लीमा जन्मिएका गायक डम्मर विश्वकर्मा पछिल्लो समयमा निकै नै दर्शकको प्यारो गायकका रुपमा चिनिदै आएका छन । सानै उमेर देखि गीत गुनगुनाउदै आएका बिश्वकर्माले २०७४ सालबाट भााग्गेले नै ठगेको मै हुँ कर्महारा दोहोरी गीतबाट साँगीतिक यात्रा सूरु गरेका हुन ।
चर्चित गायिका बिष्णु माझीसंग आवाज भरेको गीतबाट निकै नै दर्शको माया पाएको उनी बताउछन । करिव २ दर्जन बढी गीतहरुमा शब्द संगीत गरि सकेका बिश्वकर्मा आफु आर्थिक अभावकै कारण गीत गाँउने चाँसो हुँदा हुँदै पनि चाँसो पुरा हुँन नसकेको उनी बतताउछन । बैदेशिक रोजगारके शिलसिलामा मलेसिया गएका थिए । मलेसिया बाटै गीत संगीतममा औापचारिक रुपमा पाइला टेकेका उनि बताउन्छन् ।
सुदुरपश्च्मिको दुर्गम अनि बिकट जिल्ला बाजुरामा जन्मेर बिगत चार बर्ष यता नेपाली सांगीतिक क्षेत्रमा अनोवरत यात्रा गर्दै आएका र नेपाली लोक दोहोरी क्षत्रमा निकै चर्चा कमाउन सफल गायक एवम सर्जक हुन डम्मर बिश्वकर्मा ।पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रमा चर्चा कमाउन सफल गायक एवम सर्जक बिश्वकर्मा सानै देखी गित संगीतलाई धेरै माया गर्ने र कलाकार बन्ने ठूलो धोको रहेको बताउन्छन । सानै देखी बालक्लबले आयोजना गरेका कार्यक्रम र बिद्यालयमा कार्यक्रम हुदा गित गाउदै कलाकार बन्न सफल भएको उनले बताए ।गायक एवम् सर्जक बिश्वकर्माले भाग्य लेख्न भाबी, तिमी बिनाको संसार,अनौठो परिक्षा, दढेलो ,मुटु बन्धकी,लगायत २८ वटा गितहरुमा शब्द संगीत गरेको बताए ।
मीठो शब्द संगीत गर्ने बिश्वकर्माले भाग्य लेख्ने भावी, दढेलो ,गाउँ रमाइलो, लगायत्का ७ वटा गितहरुमा आवाज समेत दिइसकेको बताएका छन ।बिदेशमा बसेर पनि नेपाली लोकदोहोरी क्षत्रमा चर्चा कमाउन सफल गाएक एवम सर्जक बिश्वकर्मा सुदुरको बाजुरामा जन्मेका हुन । देउडालाई सुदुर पक्षिममको प्रमुख सस्कृतिका रुपमा लिइन्छ । पछिल्लो समयमा बाजुरा जिल्लाका अधिकांस कलाकारहरु देउडा गितमा नै क्रियासिल छन ,तर नेपाली लोकदोहोरीमा बिगत चार बर्ष देखि निरन्तर क्रियासिल बिश्वकर्माले भने अहिले सम्म देउडा गित गरेका छैनन, ।नेपाली लोकदोहोरी क्षेत्रमा अनवरत यात्रा गरेर चर्चा कमाउन सफल बिकलाई अधिकांस बाजुरेली बासीले भने चिन्दैनन। विशेष गरेर बाजुरा बासीले धेरै देउडा गित सुन्ने गर्छन् ।आफुले देउडा गित नगरेकै कारण बाजुरा बासिले आफुलाई नचिनेको उनले बताए । देउडा मनै नपर्ने भएर गर्नै नचाहेको नभएको उनको भनाई छ । आफुले लोकदोहोरी गितहरु गर्दै आइरहेको भएतापनी देउडा सस्कृतिलाई नभुलेको उनि बताउन्छन ।
आफ्नो रुचि अनुसार जसले जस्तोसुकै गितहरु गरेतापनि आफ्नो सस्किर्तिलाई चाहिँ भुल्ननहुने उनको सुझाव छ । अव आफुले पनि देउडा गित गर्ने तयारीमा रहेको बताएका छन ।
पछिल्लो समयमा प्राय जसो कलाकार बन्ने रुचि र प्रतिभा भएर पनि कलाकार बन्न नसकेका थुप्रै छन, कलाकार बन्न पैसा नभई हुँदैन भन्ने धारणा रहेको छ ।आर्थिक अभावकै कारण कलाकार बन्न नसकिने कतिपयले गुनासो गर्ने गरेका छन । लोकदोहोरी क्षत्रमा चर्चा कमाउन सफल गाएक एवम् सर्जक बिश्वकर्मा भने यो बिषयमा फरक धारणा व्यक्त गरेका छन। कलाकार बन्न पैसा नै हुनुपर्छ भन्ने धारणा गलत भएको उनको भनाई रहेको छ । यदि कसै संग प्रतिभा छ र रुचि छ भन्ने पैसा नै हुनुपर्छ भन्ने छैन । स्ट्डियोमा गएर गित गाउने मात्र गायक होइनन् ।म सानै देखि गित गाउदै गर्दा मलाई लाग्थ्यो म पनि गायक हो भन्ने त्यसकारण प्रतिभा छ भने त्यसलाई लुकाउनु चाहिँ राम्रो होइन । तर पैसा चाहिदै चाहिदैन भन्ने होइन त जहाँ इक्षा त्यहाँ उपाँय हुन्छ उनी भन्छन् ।त्यो प्रतिभालाई प्रस्पुटन गर्न सक्ने क्षेमता भने आफुमा हुनुपर्छ उनले भने ।
पछिल्लो समयमा कलाकारिता क्षेत्रमा लागेका केही खराब आचरण भएका ब्यक्तिहरुका कारण कलाकारिता क्षेत्र दुर्गन्धित बनेको छ । गितमा अभिनय गराउने र गित गाउन दिने बाहानामा ठुलो कलाकार बनाइदिने झुटा आश्वासन दिएर गितमा लागनी गर्न लगाई वेमानी गरेर पैसा असुलेका घटनाहरु पनि बाहिरिने गरेका छन ,।अर्कोतिर विशेष गरेर केटी मान्छेलाई यो क्षेत्रमा छिर्न सोचे जति सजिलो भने छैन । कलाकारहरु बिग्रेका हुन्छन् । कलाकारिता क्षेत्रमा पठाउनु भनेको राम्रो मान्छेलाई पनि बिगार्नु हो भन्ने धारणा समुदायका अधिकांस मानिसहरुको रहेको छ । कतिपय कलाकारिता क्षेत्रमा लागेका ब्यक्तिहरुले गर्दै आएको गलत प्रबृत्तिका कारण नवप्रतिभावान ब्यक्तिहरुलाई यो क्षेत्रमा छिर्न त्यति सजिलो भने छैन ।
तर यो बिषयमा बोल्दै गाएक एवम् सर्जक बिश्वकर्मा भने बिग्रीनु नबिग्रीनु स्वयंम ब्यक्तिमा भर पर्ने बताउन्छन ।बिग्रीने कि सप्रीने कुरा सवै आफ्नै हातमा हुन्छ ।संसारमा सवै मान्छे एउटै हुदैनन् र यो हुँदैहोईन कलाकार जति सवै राम्रो हुन्छन भन्न खोजेको चाहिँ होइन । केही खराव उदेश्य लिएर कलाकार बनेकाहरुका कारणले नै यो अवस्था सिर्जना भएको हो उनले भने ।उनले नयाँ प्रतिभा र कलाकार बन्न रुचि भएका प्रतिभावान ब्यक्तिहरुले समाजमा फैलाएका गलत भ्रममा नपर्न अनुरोध समेत गरेका छन । साथै उनले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न पछि नहत्ने पनि बताए । उनले आफुलाई चिन्ने नचिन्ने सवैलाई एकपटक युटुवमा गएर डम्मर बिश्वकर्मा सर्च गरि आफो शब्द संगीत र आवजमा रहेका गित सुनेर प्रतिक्रिया दिदिन पनि सवैलाई अपिल गरेका छन ।
उनको साँगीतिक यात्रा कसरी भयो गायक डम्बर विश्वकर्मासंग गरेको अन्तरंग कुराकानीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।