धनगढी– डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–२ आइतबजार नजिक सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टका अनुसार सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको बताइएको छ । घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ । घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दिनेश खबरबाट साभार











