बाजुरा– पेट्रलियम पत्रार्थको मुल्य बृद्वि भएको भन्दै ९ संगठनद्वारा जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाइएको छ । एक महिना भित्र पेट्रोलियम पदार्थ ९ पटक र एलपी ग्याँस ५ रुपैयाँ तथा खाँना पकाउने ग्याँस प्रति सिलिन्डर ७५ रुपैयाँका दरदे बृद्वि। गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको छ ।
आइतवार ९ वठा अखिल संगठनद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाइएको अखिल क्रान्तिकारी संगठन अध्यक्ष चरित्र बहादुर शाहीले लोकतन्त्र विहानी नयुजलाई जानकारी दिए । यसरी दिन प्रतिदिन बढाइएको मानव जीवनको दैनिकी संग जोडिएको उपभोग्य पदार्थको मुल्यबृद्विलाई फिर्ता नगरे संगठनको तर्फबाट जस्तो सुकै चरणबद्वपमा आन्दोलोनका कार्यक्रमहरु अगाडी बढाउने ज्ञापनपत्रमा भनिएको छ ।











