काठमाडौं–नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले दिएका जानकारी अनुसार सोमवार ओमिक्रोनबाट दुईजनामा संक्रमण पुष्टि भएको बताइउको छ । संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । त्यहाँ करिब दुई दर्जनबढी मानिसमा संक्रमण देखिएको भारतीय मिडियाहरुले जनाएका छन । नयाँ भेरियन्ट करिब ४० बढी देशमा फैलिइसकेको छ ।
श्रोत अन्नपुर्ण पोष्ट