धनगढीः नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेशका विजयी उम्मेद्वारहरुलाई सोमबार बधाई तथा शुभकामनाका साथ सम्मान गरिएको छ ।
धनगढी स्थित होटेल सुप्रिममा बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो । नव निर्वाचित शुदुरपश्चिम प्रदेश कार्य समिति सभापति वीर बहादुर बलाएर लगायत नव निर्वाचित पदाधिकारीहरुलाई नेपाली काँग्रेसका सुभेच्छुक तथा नेता कार्यकर्ताले बधाई तथा शुभकामना ब्यक्त गरेका हुन ।
नव निर्वाचित सभापति बलायरले शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै सिंगो सुदुरपश्चिमको नेपाली काँग्रेस कस्तो बनाउने भन्ने जिम्मेवारी आफ्नो काँधमा आएकोले आगामी संघिय निर्वाचनमा शुादुरपश्चिममा नेपाली काँग्रेसलाई ठुलो पाटी बनाएर अगाडी बढाउने बताएका छन् । कार्यक्रममा बोल्ने अधिकाँश नेताहरुले आफुहरुको ताजा समिति आएकोले अबको शुदुरपश्चिमको काँग्रेसलाई अब्बल र शत्तिशाली काँग्रेस बनाउने जिम्मेवारी आएको बताएका छन् ।











