काठमाण्डौः नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिबेशनमा नेतृ बिद्या तिमल्सेनाले खस आर्य केन्द्रीय समितिको सदस्यमा मनोनयन दर्ता गरेकी छन् । नेतृ तिमल्सेना बिगत देखि नै पाटीका बिभिन्न पदहरुमा रही काम काज गर्दै आएकी थिईन् ।
नेपाली काँग्रेसको बिभिन्न कालखण्डमा सबिद्यार्थी राजनितिबाट आफ्नो छुट्टै पहिचान बनाएकी नेतृ तिमल्सेनाले देउवा टीमबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेकी हुन् । पाटीका अग्रज नेताहरुको निर्देशन अनुसार उनले खस आर्यबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेकी हुन् ।
शुक्रबार काठमाण्डौको भृकुटेटी मण्डपमा बृहत कार्यक्रमका साथ समुद्घटन भएको थियो । २५ गते उम्मेद्वारीको मनोनयन दर्ता भएको हो ।
शनिबार टिमको सहमति अनुसार उनले देउवा टिमबाट खस आर्य केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेकी छिन ।
बिगत लामो समयदेखी काँग्रेसको राजनितिमा बिभिन्न पदमा रही पार्टी पंत्तीको लागी योगदान गर्दै आएकी तिमल्सेनाले अग्रज र टिमको निर्देशन अनुसार आफुले खस आर्य सदस्यमा मनोनयन दर्ता गरेको उनि बताउछिन ।











