युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
88 पटक पढिएको

धनगढी–राष्ट्रिय खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेश नयाँ खेलाडी उत्पादन गर्नमा अब्बल छ । यस क्षेत्रबाट दर्जनौं खेलाडीले देशको प्रतिनिधित्व गरिसकेका छन्। तर खेलको उर्वर क्षेत्रमा अहिले प्रदेश सरकारले निकै न्यून बजेट छुट्याएको छ । विगतमा खेलकुदका लागि २५÷३० करोड बजेट विनियोजन हुने गरेकोमा चालू आर्थिक वर्षमा ६ करोड मात्रै विनियोजन भएको थियो ।

त्यो बजेट पनि मातहतका निकायलाई निकाशा गरिएको छैन । जसका कारण खेलकुदका ठूला प्रतियोगिता आयोजना गर्न समस्या हुने देखिएको छ । त्यसले खेलाडीको मनोबल पनि कमजोर हुने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शुवास शाहीले बताए । उनले भने सुदूरपश्चिमको खेल क्षेत्रलाई प्रदेश सरकारले बेवास्ता गरेको छ। हामीले अभियान नै चलाउँदा पनि सहयोग पाएका छैनौं’ ।

सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षमा खेलकुदका लागि न्यून बजेट छुट्याउँदा समग्र खेल क्षेत्रलाई धक्का लाग्ने देखिएको छ । भौतिक संरचना निर्माणसँगै खेल सामग्री खरिदमा समेत समस्या भइरहेको छ । खेलकुदले प्रदेशलाई चिनाउनुका साथै पर्यटन, आर्थिक वृद्धिदर लगायतका क्षेत्रमा पनि टेवा पुगाउँदै आएको छ। तर बजेट अभावकै कारण विगतमा आयोजना हुँदै आएका प्रतियोगिता समेत सञ्चालन नहुँने देखिएको छ ।

खेल मैदान लगायतका सवालमा पनि प्रदेश सरकार उदासीन देखिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले बताए। ‘मैले मन्त्रीलाई पटक–पटक भनेसके। हामीसँग प्रतियोगिता त के खेल सामग्री खरिद गर्न पनि बजेट छैन’ उनले भने, ‘विगतमा सरकार आफैले खेलकुदको बजेट चलाउँदै आएको थियो। तर यस वर्षदेखि भने हामीलाई जिम्मेवारी दिनुपर्ने हुँदा सरकारले अटेरी गरिरहेको छ।’

विगतमा प्रदेश सरकार आफैले खेलकुदको क्षेत्रमा काम गर्दै आएको थियो। तर यस वर्षदेखि भने अन्य निकायलाई जिम्मेवारी दिनुपर्ने भएका कारण पनि बजेट नदिएको आशंका उत्पन्न भएको छ। कमिशन नपाउने भएपछि प्रदेश सरकारले खेल क्षेत्रलाई बेवास्ता गरेको आरोप लागेको छ।

तर सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले भने, चालू वर्षको बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रीत भएका कारण अन्य क्षेत्र छुटेको दाबी गर्छन्। ‘हामी कोरोनामा केन्द्रीत भयौं,’ उनले भने, ‘खेल क्षेत्र मात्रै हाइन, अन्य क्षेत्रको बजेट पनि कटौती भएको छ।’

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि बजेट खर्च लगरेको दाबी गरे पनि अस्पतालको अवस्था भने सुधार हुन सकेको छैन।
दिनेश खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!