धनगढी–इटहरी उपमहनगरपालिका–४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका छन्। गिरीकै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका हुन
प्रहरीका अनुसार घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएका बताइएका छ । छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
श्रोत दिनेश खबर











