बाजुरा–जिल्लाको खप्तड छेडेदह गाँउपालिकामा रहेको महिला बालबालिका शाखाले ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो लुगा बितरण गरेको छ । सोमवार वडा न. १ र २ को वडा कार्यालयमै पुगेर ८० वर्ष उमेर माथिका २५ जना जेष्ठ नागरिकह्ररुकै हातमा चिसोको समयलाई मध्यनजर गर्दै न्यानो लुगा बितरण गरिएको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाले दिएको जानकारी अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि पालिकाले छुट्याएको रकमबाट गाँउपालिकामा रहेको महिला बालबालिका शाखा द्वारा न्यानो लुगा बितरण गरिएको बताइएको छ । सरकारले देशभरका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरे पश्चात हरेक वषर््ा देशभर पौष ११ गतेका दिन जेष्ठ नागरिक दिवस मनाउन थालिएको छ । सोही दिवसको अवसर पारी उक्त गाँउपालिकामा पनि जेष्ठ नागरिकहरुलाई न्यानो लुगा बितरण गरिएको छ । न्यानो लुगा बितरण गर्ने कार्यक्रम गाँउपालिका भरि नै रहेको र अन्य वडाहरुमा पनि केही दिनमै जेष्ठ नागरिकहरुलाई न्यानो लुगा बितरण गरिने गाँउपालिकाकी उपा–अध्यक्ष कुन्ती बुढा साँउदले जानकारी दिएकी छन् ।