एजेन्सी- पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ का ३३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ हजार ७५० नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमणसँगै भारतमा नयाँ संक्रमितको संख्या पनि उल्लेख्य रुपमा बढेको हो। महाराष्ट्रमा सबैभन्दा धेरै ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण भारतमा १२३ जनाको मृत्यु भएको छ।
दिनेश खबरबाट साभार