धनगढी-धनगढीमा माघ १८ गतेदेखि सुदूरपश्चिम महोत्सव हुने भएको छ। २०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको सुदूरपश्चिम महोत्सवको १५औं संस्करण माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवबारे आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।
आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार महोत्सवमा व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता हुने बताइएकाे छ । यहाँको कला संस्कृतिको संरक्षणसंगै विगतका दिनमा महोत्सवले उत्पादन गरेका कलाकारलाई पनि प्राथमिकता दिइने उनले बताए। सुदूरपश्चिमका परिकार सहितका महोत्सव स्थलमा खाना र खाजाको स्टल राखिने छ। कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी तीनक सय बढी स्टल महोत्सवमा राखिने आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरेको गरिने छ भने चार लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ।