बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न . ७ सनाईवाडामा खिरी देवी स्मृति प्रतिष्ठानको आयोजनामा माघी तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सनिवार स्वर्गीय खिरी देवी नेपालीको सम्झनामा माघी तिहरको अवसर पारी चेलीबेटीहरुलाई मिठा मिठा खाने कुरा खुवाई शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो ।
उक्त खीरी देवी स्मृति प्रतिष्ठानले माघी तिहारको अवसरमा हरेक बर्ष माघ १ गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजनाका बिच चेलिहरुलाई मिठा मिठा खानेकुरा खुवाउने र स्वर्गीय खिरी देवी नेपालीको सम्झनामा एक अर्का बिच शुभकामना आदन प्रदान गर्ने कार्यक्रम प्रत्येक बर्ष गर्दै आइरहेको खिरी देवी स्मृति प्रतिष्ठानले जनाएको छ । खीरी देवी स्मृति प्रतिष्ठानका अध्यक्ष टेक बहादुर नेपालीको अध्यक्षतामा कार्यक्रममा प्रमुख अथिती गाउँकार्य पालिका सदस्य भिम बहादुर नेपाली रहनुभएको थियो भने कार्यक्रम अन्य शिक्षक कर्मचारी समाजसेवी बुद्धिजीवी ,लगायतको उपस्तिथि रहेको थियो ।











