
बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाले सार्वजनिक निकायमा सेवा पाप्त गर्न खोप काड हुनुपर्ने र सेवा लिन आउने हरुको खोप काड छ अथवा छैन भनी चेक जाँच गर्ने निर्णय गरेको छ । नगरपालिकामा बसेका गत पौष २५ कोभिड १९ रोकथाम तथा संकट ब्यवस्थापन तथा समन्वय समितिको बैठकले यही माघ ७ गतेबाट लागि गर्ने गरि यस्तो निर्णय गरेको हो । नगरपालिकाले गरेको निर्णय सवैआम जनता सामु पुर्याउनका लागि एक सुचना जारी गर्दै बैठकले हरेको निर्णय सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका बाट सेवा प्रदान गर्दा खोप काड जाच गरिने भएको छ । सेवा लिन आउने सेवा ग्राहीले साथमा अनिवार्य खोप काड अथवा खोप कार्डको फोटोकपी लिएर आउन पनि सूचना मार्फत अनुरोध गरेको छ ।











