बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा रहेको श्री बालमन्दिर आधारभुत बिदालयले नव निर्वाचित बिदालय व्यबस्थापन समितिका पदाधिकारीहरुलाई सपत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । सपत तथा बधाई कार्यक्रमको अध्यक्षता बिद्यालय व्यबस्थापन समिति गठन समितिका संयोजक तथा बडीमालिका नगरपालिका वडा नं. ८ का सचिव सरिता ठकुल्लाले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावल रहुनु भएको थियो । सपत तथा बधाई कार्यक्रम सामाजिक दुरी कायम गर्दै प्रमाण पत्र तथा अबिर र खादाले बधाई गरिइएको थियो ।
नव निर्वाचित बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नरेनद्र रावलले आगामी दिनहरुमा बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्वि गदै बिद्यालयको भौतिक र शैक्षिक बिकासमा आफु एकाग्र भएर लाग्ने कुरा राख्ने बताउनु भएको थियो ।
बधाइ तथा सपत कार्यक्रमको संचाालन बिद्यालयका निमित्त प्रधानाध्यापक विपिन बिष्टले गर्नु भएको जानकारी बिद्यालयका सह–शिक्षक राजेश खत्रीले जानकारी दिनु भएको छ ।











