
बाजुरा-जिल्लाअस्पताल बाजुरामा एम्बुलेन्सन र शबबाहन सञ्चालनमा ल्याएको छ ।अस्पताल बाजुराले २ बर्ष पहिले देखि शबबाहन र एम्बुलेन्स खरिद गर्न लागेपनि धेरैपछि खरिद गरेर सञ्चालनमा ल्याएको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले बताउनु भएको छ ।
अस्पताल बाजुराले भन्सार कर छुटमा दश, दश लाखमा खरिद गरेर सेवा सञ्चालनमा ल्याएको छ । आर्थिक बर्ष ०७६।०७७ मा शव वाहन र एम्बुलेन्स खरिदका लागि आएको रकम खरिद गर्न नसकेर रकम फिर्ता गएको थियो । ०७७।०७८ आर्थिक बर्षमा आएको पैसाले खरिद गरेर सेवा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अस्पताल बाजुरामा एम्बुलेन्स ल्याएपछि बिरामीलाई निकै सहज हुने भएको छ ।यस अघि जिल्लाभरी शबबाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिफरले शव बोक्ने गरेको थियो ।
जिल्ला अस्पताल बाजुराले शबबाहन खरिद गर्दा शब ब्यबस्थापन गर्न तथा बोक्न निकै सहज भएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताउनु भयो । बाजुरामा कोरोका कारणले १० जनाको मृत्यु भइसकेको छ । शववाहन नहुदा फोहोर बोक्ने टिफरले शब बोकेको थियो । यस अघि जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी समस्या भोग्नु परदै आएको थियो ।कोरोना संक्रमतिले घर बाट जिल्ला अस्पतालमा उपचारका लागि जान र तथा अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर लिन खोजेपनि एम्बुलेन्स नहुदा असहज हुने गरेको थियो । अन्य बिरामीलाई त प्राभइभेट जिवहरुले बोक्ने गरेको छ, कोरोना बिरामीका लागि भने गाडि नपाईने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताउनु भयो ।
अस्पताल बाजुरामा एम्बुलेन्स शबबहाना उपलब्ध हुँदा कोरोना संक्रमित बिरामीलाई पनि निकै सहज भएको उहाँको भनाई रहेको छ ।बडिमालिका नगरपालिकालाई भारतीय राजदुताबासले ५ बर्ष पहिले हस्तान्तरण गरेको एम्बुलेन्स भने सञ्चालनमा नआउदै अलपत्र अबस्थामा रहेको छ । जिल्लामा हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढिगंगा नगरपालिका एउटा एउटा एम्बुलेन्स सञ्चालनमा रहेका छन्, भने जिल्लाभरी ३ वटा एम्बुलेन्स भने बिग्रेर अलपत्र अबस्थामा रहेका छन् ।











